‘डिजाइन एन्ड बिल्ड’ मोडालिटीमा बन्ने पुलको स्तरीय बोलपत्रको मस्यौदा तयार

0
shares

by editor (editor@gmail.com) | Updated: 18 Jul 2019

67 views
तस्बिर वेब

३ साउन काठमाडौं ।ठूला र सहर नजिकका नदीमा ‘डिजाइन एन्ड बिल्ड’ मोडालिटीमा बन्ने पुलको स्तरीय बोलपत्रको मस्यौदा तयार भएको छ।डिजाइन एन्ड बिल्ड मोडालिटीमा पुलको डिजाइन गर्नेले निर्माण ठेक्का पाउँने भएको हो।यो मोडालिटीमा निर्माण गर्दा डिजाइनको जटिलताका कारण हुने ढिलासुस्तीको अन्त्य हुने सरकारको विश्वास छ।

डिजाइन एन्ड बिल्डका लागि स्तरीय बोलपत्रको मस्यौदा तयार गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक प्रभावकुमार झाले जानकारी दिए।डिजाइन एन्ड बिल्ड मोडलबाट नेपालमा २०६५ सालदेखि पुल बनाउन सुरु गरिएको थियो। बोलपत्रको मस्यौदा अनुमोदन भइसकेको छ। स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवालयमा पेस गरिसकिएको छ। कार्यालयका सचिव लोकदर्शन रेग्मीसमक्ष पेस गरिएको छ। सचिवले स्वीकृति प्रदान गरेसँगै राजपत्रमा सूचना प्रकाशित भइसकेपछि स्तरीय बोलपत्र कार्यान्वयनमा आउनेछ।

झाका अनुसार स्तरीय बोलपत्र मस्यौदामा पुलको डिजाइनको परीक्षण तेस्रो पक्षबाट अनिवार्य रूपमा गरिने व्यवस्था छ। बोलपत्र तयार हुनुअघि ठेक्का लगाउने निकायले जाँच गरेर स्वीकृति दिएपछि सोही ठेकदारले पुल बनाउने व्यवस्था थियो। विशेष प्रकृतिका पुलमा भने तेस्रो पक्षबाट जाँच गरिन्थ्यो। ठेक्का लगाउने निकायले दिएको मापदण्डमा फरक पर्ने अवस्था सिर्जना भए डिजाइनको जिम्मा पाउने ठेक्का प्राप्त गरेको एक महिनाभित्र विस्तृत विवरणसहित आवेदन दिनुपर्छ। पुल निर्माणको समयमा र निर्माण भइसकेपछि गुणस्तर परीक्षण गरिनेछ। निर्माण सम्पन्न भएको पाँच वर्षसम्म ठेकेदारकै खर्चमा मर्मत सम्भार गर्नुपर्नेछ। यसका लागि निर्माण सम्पन्नतापछि मर्मत सम्भार गर्नुपर्ने हुन्छ।