-सोनी शर्मा 

आज देश डुब्दा खेरि तिम्रो मन दुख्नु पर्छ 

Hollywood Khabar August 12,2017 Comments

आज देश डुब्दा खेरि तिम्रो मन दुख्नु पर्छ 
जहाँ बाट जति सक्छौ तिमीले आँशु पुछ्नु पर्छ।

पहाडमा पहिरो खस्यो,हुन थाल्यो जनधन क्षति
 डुबानमा पर्यो तराई ताल बनि पानि जति।

जता ततै बाढी पहिरो त्रासै त्रासमा बसेका छन् 
झिटी झाम्टा डुब्यो सबै रुदै कता बसेका छन्।

बाल बच्चा,वृद्दको झन् कस्तो भयो होला गति 
टार्न पनि नसकिने प्रकृतीको यो बिपत्ति।

गाँस बास कपासको जोहो गर्न जुटौ अव 
नेपालीको आँशु पुछ्न नेपाली मन उठौ अव। 

उद्दार गर पिडितलाई सरकारको पहिलो काम 
रोएकाछन् पिडित आज तेता तिर जाओस् ध्यान।

सरकारको आभास देउ भागबण्डा छोड ऐले 
पिडितको घाउमा मलम लगाईहाल सरकार पैले। 

बाढी पहिरो जस्तै गरि जनतालाई रुन नदेउ 
अभिभावक बन सरकार टुहुरो झैँ हुन नदेउ।