तस्बिर वेब

डेंगुका बिरामी फेला परेपछि उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीको आग्रह

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ इटहरी। पुर्वमा डेंगका बिरामी पुनः फेला परेपछि उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।इटहरीमा दुई जना र सुन्दर हरैचामा थप ५ जना डेगुंको संक्रमीत बिरामी भेटिएका हुन्।

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनालाई समेत डेगुं भएको पुष्टि भएको छ।ही दिन पहिले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र विजयपुर अस्पतालमा उपचार गराई रहेका एक एक जनामा डेगुं पुष्टि भएको थियो।

त्यसै गरी इटहरी अस्पतालमा उपचारार्थ भर्ना भएका थप दुई जनामा डेगुं देखा परेको अस्पतालका स्थास्थकर्मी शिव ढकालले जानकारी दिएका छन्।गत १९ गते देखि उच्च सर्तकता अपनाउदै सचेतनाका साथै लार्भा नष्ट गर्ने कार्य उपमहानगरपालिका र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरी गर्न थालिएको समेत उनले वताए।विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ दुई चिकित्सकहरु डा विजय खनाल र डा प्रज्जवल प्याकुरेल समेत इटहरी आएर डेगुंको संक्रमण फैलन नदिने विषयमा सचेतना जगाउने कार्यमा सहभागी भएका छन्।