लोकतन्त्रमा दुई तिहाइको दंम्भको प्रोत्सान हुन कदापि दिन सक्दैनौं-राणा

Hollywood Khabar July 22,2018 Comments

लोकतन्त्रमा प्रतिपक्षी दलको भूमिका भनेको सत्तापक्षको गलत कदमलाई सच्याउन सघाउने, खबरदारी गराउने र नमाने सदन देखी सडकसम्म उर्लिएर खबरदारी गराउने हो।

गोविन्द के सी मागको सम्मान साथै स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको सुधारको उदेश्यले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य शिक्षा अध्यादेश सदर गरेको थियो। ओली नेतृत्व सरकारले अध्यादेश खारेजी गरेपश्चात डा गोविन्द केसीको आन्दोलन सुरू भयो। त्यस कारण पनि डा के सीको मांगमा कांग्रेसको समर्थन स्वभाविक हो।

वाम सरकारको चुनावि भाषण र अहिलेको बोली, निती, ब्यबहार र काममा भिन्नता छर्लङ्ग हुँदैछ। सस्तो लोकप्रियताको लागि मनगढन्ते कुरा हल्ला गर्ने, हत्यारालाई जेलमुक्त गराउने, मन्त्रीले चेलीबेटीको इज्जत उछाल्ने, दलाललाई संरक्षण दिने कार्यले नेकपा सरकारको नैतिक र बौद्धिक दरिद्रता छर्लंग हुदैछ।

हामी कांग्रेस, लोकतान्त्रिक पद्धति अनुसार भएको निर्वाचन, संसदीय प्रक्रियाले बनेको सरकार र उनले पाएको अवसरको सम्मान गर्छौ। तर दुई तिहाइको दंम्भ प्रदर्शन गर्दै छाडा राजनीतिक संस्कारलाई प्रोत्सान हुन कदापि दिन सक्दैनौं।

लोकतन्त्र र समृद्धिको लागि नेपाली कांग्रेस प्रतिबद्ध छ। अरूले गर्ने गलत ब्याख्या, अनैतिक अभियोग र बौद्धिक दरिद्रताले कांग्रेसको राजनीतिक संस्कार कमजोर हुनेछैन झन यसले अझैं सजक र सबल बनाउने छ।

जय नेपाल
उदय शंशेर राणा