डेमोक्र्याट हाउस सदस्यले फादर्स डे मा ICE डिटेन्शन सेन्टर निरीक्षण गरे

Hollywood Khabar June 17,2018 Comments

कृष्ण के सी/अमेरिका
डेमोक्र्याटिक ल मेकर्सद्धारा अमेरिकी सरकारको Immigration and Customs Enforcement (ICE) सेन्टरमा निरीक्षण गर्ने गर्दै निरीक्षण समेत गरे। जुन १७, २०१८ फादर्स डे का दिन उनीहरुले सो माग गरेका हुन्।

उनीहरुको मुद्धा भनेको ICE सेन्टरमा को, किन र कसरी मानिसहरु राखिएका थाहा हुनुपर्यो भन्ने हो। CNN का अनुसार ७ जना काँग्रेस म्यान/ओम्यानहरुले ICE सेन्टरमा निरीक्ष गर्ने माग गरेका हुन्। सो माग पछि सेन्टरमा उनीहरुलाई प्रवेस गर्न दिइयो।

उनीहरुलाई आफ्ना फोन लिन र फिल्म खिच्न नपाउने गरि ICE फेसिलिटिमा करिब एक घण्टाको निरीक्ष भिजिट गर्न दिइयो। उनीहरुले ५ जनालाई भेटेर जानकारी लिएका हुन्। सो दलमा हाउस सदस्यहरु Jerrold Nadler, Frank Pallone Jr., Bill Pascrell, Hakeem Jeffries, Adriano Espaillat, Carolyn Maloney र Albio Sires थिए। उनीहरुले आफ्नो निरीक्षका क्रममा सेन्टरमा राखिएका ५ जनाको अवस्थाको जानकारी लिएपछि आफ्नो धारणा समेत राखेका छन।