white sugar

डेढ सय टन चिनी भन्सारमा अलपत्र

Hollywood Khabar October 21,2018 Comments

६ कात्तिक नेपालगन्ज बाँके ।भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमै रोकिएको छ।सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि सो चिनी तीन साता अघिदेखि नेपालगन्ज भन्सारमा रोकिएको हो।

मन्त्रिपरिषद बैठकले गत ३१ भदौमा भारतबाट निची आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको भन्सार कार्यालयले जनाएको छ।

नेपालगन्ज भन्सार कार्यालयका अधिकृत उमेश श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको जनाकारी दिएका छन् ।