-सांसद देवकी श्रेष्ठ वान्तावा

ललितपुरमा सांसद देवकी श्रेष्ठ वान्तावाद्वारा ओली समूहको केन्द्रिय सदस्य पद फिर्ता

Hollywood Khabar January 01,2021 Comments

नेपाल कम्युनिष्ट पार्टीको लागि समानुपातिक तर्फबाट बाग्मती प्रदेश सांसद बनेकी ललितपुरकी देवकी श्रेष्ठ वान्तावाले नेकपाको केपी ओली समूहबाट केन्द्रिय सदस्य पद अस्विकार गरेकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँतर्फका अन्य नेताहरुले केपी ओलीको समूहमा नेकपाको केन्द्रीय सदस्यमा राख्नु भएकोमा धन्यवाद छ। तर नेपालको गौरवशाली कम्युनिष्ट आन्दोलनको निरन्तरताको लागि अहिलेको परिस्थितिमा एकताको विकल्प छैन।तसर्थ सो केन्द्रीय सदस्यबाट मेरो नाम फिर्ता लिएको सम्पूर्ण नेता तथा कार्यकर्ताहरुमा अनुरोध गर्दछु।जनता एकता चाहन्छन् तसर्थ पुनःशून्य परिस्थितिबाट एकता गर्नको लागि पनि अनुरोध गर्दछु, उनले आफ्नो लेखेकी छन्।

अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष रहेकी श्रेष्ठ माधव नेपाल निकट नेतृको रुपमा चिनिन्छ। पार्टीको विभाजन पछि केन्द्रिय सदस्यहरु थपेका ओलीले श्रेष्ठलाई थप गरेका थिए। उनीसंगै ओलीले ललितपुरबाट प्रतिनीधित सभाका सांसद नवराज सिलवाल, सुरेन्द्रमोहन शर्मा, मधुसूदन पौडेल, मैना अछामी, बाबुराम थापा, हरिकृष्ण व्यञ्जनकार, लगायतलाई केन्द्रिय सदस्य पदमा मनोनित गरेको कुरा दर्पण दैनिकले उल्लेख गरेको छ।