Days of Thanksgiving

Thanksgiving अमेरिकामा मात्र होइन धेरै देशमा मनाइन्छ

Hollywood Khabar November 21,2019 Comments

-कृष्ण के सी, अमेरिका, नोवेम्बर, २४, २०२२

अन्न भित्र्याउने काम सकेपछि आभारी भएर आफ्ना आस्थाका भगवानलाइ धन्यवाद ज्ञापन गर्ने अनि आफूहरु आभारी र धन्यवादी हुने चलन संसारका सबैजसो धर्म, संस्कृति र परंपरामा सदियौं देखि नै चलेको कुरा हो।

आज अमेरिका र विश्वोका धेरै देशहरुमा Days of Thanksgiving को चाड परेको छ। यस विश्वो चर्चित अन्तराष्ट्रिय चाडको उपलक्षमा सबैलाई हार्दिक शुभकामना र धन्यवाद।

ख्रिष्टियन धर्मको १६ औं शताब्दीमा क्याथोलिकबाट फरक धारमा गएको प्रोटेस्टेनहरु जसलाई English Reformation पनि भनिन्छ, उनीहरुले बिकास गरेको कुरासंग जोडिन्छ यो Days of Thanksgiving चाड। तर उत्तर अमेरिकामा भने Thanksgiving अंग्रेजहरुबाट बिकास भएको हो। Thanksgiving लाई Harvest Festival पनि भनिन्छ। आजकल भने यो पारिवारिक भेटघाट गर्ने र होलिडे सिजन सुरु गर्ने पवित्र पर्व हो।

गुगल गर्दा पाइए अनुसार क्याथोलिक क्यालेण्डरमा थुप्रै यस्ता होलिडेहरु अझै पनि छन्। १५३६ अगाडी त बर्षभरिमा ९५ वटा होलिडे र ५२ वटा सन्डे गरेर १४७ होलिडेहरु थिए भनिन्छ। तर १५३६ मा गएर चर्चहरुले ति धेरै होलिडेहरु घटाएर २७ वटामा झारे। यहाँ सम्मकी ख्रिस्ट्मस र इस्टर सण्डे समेत हटाइए भनिन्छ। त्यसको ठाउँमा Days of Fasting र Days of Thanksgiving भनेर सुरु गरियो।

ख्रीष्टियन ब्याख्यामा Days of Fasting र Days of Thanksgiving को आफ्नै फरक फरक ब्याख्या छन्। Days of Fasting का बारे १६०४, १६११, १६१३ र १६२२ मा परिमार्जको ब्याख्या गरिएका रहेछन्। त्यसबारे यो समयमा खासै चर्चा गर्नु आवश्यक देखिएन।

Days of Thanksgiving बारे भने १५८८ को Spanish Armada माथिको बिजयलाइ आधार मानेर Queen Anne सँग जोडिएर १७०५ मा थप पुस्टि गरिएको रहेछ। ऐतिहासिक तथ्य धेरै भएता पनि औपचारिक रुपमा भने अहिले सम्मको रेकर्ड अनुसार १६०५ मा Gunpowder Plot मा असफलता पाए पछि Days of Thanksgiving को सुरुवात १६०६ मा गरिएको नै आधिकारिक मानिदो रहेछ।

जे भएता पनि नर्थ अकेरिकामा भने Days of Thanksgiving १५७८ मा पहिलो पटक मनाइको कुरा अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन्। Jennie Augusta Brownscombe का अनुसार अमेरिकी इतिहासमा पहिलो Thanksgiving चाँहि Plymouth मा १९१४ मा Pilgrim Hall Museum, Plymouth, Massachusetts मा भएको हो।

Thanksgiving अर्थात् यस दिनमा उत्तर अमेरिकामा Pumpkin Pie र सिंगो रोष्ट गरेर टर्की खाने गरिछ। आफन्तहरु आफ्ना अभिभावक भेट्न टाढा-टाढा देखि आउने गर्छन। नेपालमा दशैंमा घर गएको जस्तै जाने गरिन्छ। बाटो र एयरपोर्ट एकदम व्यस्त हुन्छ।

अमेरिकामा आजकल यसलाई टर्की चाडको रुपमा पनि चिनिन थालिएको छ। हरेक जसो ठूला कन्भिनेन्ट स्टोरहरुमा धेरै ब्रिड र साइजका टर्की किन्न पाइन्छन। नेपालमा दशैको खसी भनेझैं अमेरिकामा सिङ्गो टर्की हरेकजसोको घरमा खरिद गरिन्छन र टर्कीका खाने परिकार बनाइन्छ।

उसो त यस पछिको सांझलाइ “ब्लाक फ्राइडे” भनेर पनि चिनिन्छ। ब्ल्याक फ्राइडेमा बिशेष गरेर इलेक्ट्रोनिक समानहरु राम्रो डिल अर्थात सेलमा हुन्छन। ब्लाक फ्राइडेमा सामान किन्न राती देखि नै लाइनमा बस्नेको लुर्कन देख्न सकिन्छ। तर आजकल अनलाइनमा पनि ब्लाक फ्राइडे सपिङ्ग गर्न सकिन्छ।

फरक समय र दिनमा भए पनि हालसम्म Days of Thanksgiving अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया, फ्रान्स, ग्रेन्दा, वेस्ट इन्डियाना, क्यराबियन क्षेत्र, लिबेरिया, निदरल्याण्ड, फिलिपिन्स तथा जापानमा समेत मनाइन्छ। जापानमा यसलाई Labor Thanksgiving Day भनिन्छ। एसियाका भारत, श्रीलंका र मलेसियामा पनि यस्ता खाले चाड मानिन्छन। पछिल्लो समय नेपालमा पनि यो Thanksgiving चाड टर्की खाएर मनाउन थालिएको छ।

नेपालमा ठ्याक्कै यस्तो चाड नभएता पनि नयाँ खाने भन्ने चलन छ। अक्षत्रितियाका दिन जौको सातु खाने गरिन्छ। नयाँ खाने, दशैँ मिलाउने हो भने करिब यो चाडको नजिक हुन सकिन्छ। दशैंपछि दिपावलीको सुरुवात हुन्छ अनि Thanksgiving पछि होलिडे सिजनको झिमिली बत्तिको सुरुवात हुन्छ।

नेपालमा सुर्यका आधारमा यस्तो चाड मनाइन्छ। सुर्य मंगलायम भन्ने यस्तो चलन १००० बर्ष भन्दा पुरानो मानिन्छ। यो Thanksgiving चाड र नेपालको जौको सातु खाने चाड दुबैले सुर्यको गति परिवर्तन भएको आभास दिन्छन। यसैको केहि समय पहिला अमेरिका र बिश्वोका धेरै देशमा डे लाइट सेभिङ्गको लागि समय परिवर्तन गरिन्छ।