-NRNA:दयानिधि सापकोटाको बेलायत एनसीसीबाट आइसीसीका लागि उम्मेद्वार

NRNA:दयानिधि सापकोटाको बेलायत एनसीसीबाट आइसीसीका लागि उम्मेद्वार

Hollywood Khabar August 19,2019 Comments

लण्डनबाट/८/२०/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय परिषद सदस्यमा वेलायतबाट दयानिधि सापकोटाले उम्मेद्वारी दर्ता गराएका छन्।

उनले एनआरएनए एनसीसी युकेको कबिर २ हजार सदस्य रहेकोे मिडल्याण्ड क्षेत्रबाट प्रतिनिधित्व गर्दै उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। बेलायतको वेष्ट मिडल्याण्डस क्षेत्रमा बसोबास गर्दै आएका दयानिधि सापकोटा लोकप्रिय समाजसेवी मानिन्छन्। सेप्टेम्वर १४, २०१९ मा हुने एनआरएनए एनसीसी यूकेको निर्वाचनमा ७ आइसीसी सदस्यको लागि १४ जना उम्मेद्वार रहेका छन्।

सापकोटा गैरआवासीय नेपाली संघको च्यारीटी टास्कफोर्स सदस्य समेत रहेक छन्। स्थानीय सिर्जनशील नेपाली समाज लेस्टरको चारवर्षसम्म अध्यक्षको जिम्मा संहालेका सापकोटाले थुप्रै परोपकारी काम गरेका छन्। सन् २००६ देखि बेलायतमा बसोबास गर्दै आएका बाग्लुङ्गे साकोटा पेशाले रेष्टुरेन्ट व्यवसायी हुन्।

गैरआवासीय नेपाली संघ युके, साझा नेपाली समाज वेष्टमिडल्याण्ड लगायतका आधा दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा काम गरेका सापकोटा नेपाली समुदायमा अलि धेरै चर्चामा नै मानिन्छन।