साङ्केतिक तस्बिर:साभार वेब

दाउराको चिर्पट प्रहार गरी ससुरा हत्या गर्ने बुहारी पक्राउ

Hollywood Khabar October 15,2019 Comments

३० असोज रामेछाप।ससुरा हत्याको अभियोगमा मन्थली नगरपालिका–१२ गेलुकी २१ वर्षीया पार्वती आछामी पक्राउ परेकी छिन् । उनलाई ६५ वर्षीय ससुरा डिकबहादुर आछामीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 

घरासयी विवाद हुँदा मगंलबार दाउराको चिर्पटले प्रहार गरी डिकबहादुरको हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार हत्याका वेला घरमा ससुरा र बुहारी मात्र थिए । आफ्ना ससुरा मृत अवस्थामा भेटिएको भन्दै पार्वतीले हारगुहार गरेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय रामेछापमा खबर गरेका थिए ।

प्रहरी निरीक्षक रविभूषण यादवले घटनास्थलको प्रकृति हेर्दा हत्या भएको आशंका देखिएकाले पार्वतीलाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउपछि सोधपुछका क्रममा पार्वतीले दाउरा प्रहार गरी ससुराको हत्या गरेको स्वीकार गरेको प्रहरी निरीक्षक यादवले बताए ।