-तस्बिर वेब

दशैंका अवसरमा नेपाल र भारतका पहलमान बिच भिडन्त

Hollywood Khabar October 21,2018 Comments

५ कात्तिक विराटनगर मोरङ।दशैंको बेला प्रत्येक बर्ष बिराटनगरमा आयोजना हुँदै आएको कुस्ति प्रतिस्पर्धामा नेपाल र भारतका पहलमानहरुले भिडन्त गरेका छन्।उनीहरुले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रर्दशन समेत गर्दै भिडन्त गरे।तराई मधेशको मौलिक संस्कृतिसंग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षण गर्ने उद्धेश्यले कुस्ति प्रतियोगिता आयोजना गरिएको हो।

विराटनगरको वडा नम्बर ६ ब्रह्मपुरामा विगत एक दशकदेखि कुस्ती प्रतियोगिताको आयोजना हुँदै आएको छ।वडानम्बर ६ का वडाध्यक्ष विजय कामतको संयोजनमा यसपटक एघारौं संस्करणको प्रतियोगिता गरियो।हजारौं सर्वसाधारण दर्शकको सहभागितामा गरिएको प्रतियोगितामा नेपाल र भारतका कुस्तीबाजले आफ्नो कला कौशल प्रदर्शन गरेका हुन् ।