ए डार्लिङ फेसबुक कस्तो तेरो लुक हेर्नुपर्ने आइफोन भन्नुपर्ने बुक

Hollywood Khabar August 03,2018 Comments

राजन अधिकारी/क्यालिफोर्निया

ए डार्लिङ फेसबुक कस्तो तेरो लुक
हेर्नु पर्ने आईफोन कम्प्यूटर भन्नुपर्ने बुक ?

साह्रै शक्तिशाली भईस त सबैको तँ प्यारो
चुनाब जित्न माग राख्न त बिना हुने भो गाह्रो
मायॉं गॉंस्न  प्यार गर्न त नै भईस् ल्वामी
बिहान भेट्टाई बेलुकीसम्म बनाई दिन्छस स्वामी

ए डार्लिङ  फेसबुक कस्तो तेरो लुक
हेर्नु पर्ने आईफोन कम्प्यूटर भन्नुपर्ने बुक ?

घर गाडी देखाउन फेसबुक नै चाहिने
ॠणै काढी भएपनि शेखी झार्न पाईने
खादामाला सबै राम्रो खेसबुक मै पाईने
दामै खर्च गरिगरि पद सम्मान चाहिने

ए डार्लिङ  फेसबुक कस्तो तेरो लुक
हेर्नु पर्ने आईफोन कम्प्यूटर भन्नुपर्ने बुक ?

धेरैको जोडिस मायॉं तैले धेरैको गरिस संयोग
कतिको तोडिस घरबार तैले कतिको बनाईस बियोग
कतिलाई फर्काईस बिदेशबाट कतिलाई पठाईस उता
हावादारी केटा र केटी भए एता न उता !

ए डार्लिङ  फेसबुक कस्तो तेरो लुक
हेर्नु पर्ने आईफोन कम्प्यूटर भन्नुपर्ने बुक ?

गाली गर्न सुझाब भर्न तेरै साथ चाहिने
त्यसो गरे लाईक कमेन्ट ह्वारह्वार्ति नै पाईने
नराम्रो भन्दा राम्रो कुरा धेरै आए हुन्थ्यो
आफन्तका टुटेका मायॉं फेसबुकैले बुन्थ्यो

ए डार्लिङ  फेसबुक कस्तो तेरो लुक
हेर्नु पर्ने आईफोन कम्प्यूटर भन्नुपर्ने बुक ?