प्रधानसेनापति थापाबाट उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

Hollywood Khabar September 23,2018 Comments

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले २०७५ असोज ०७ मा एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानसेनापति थापाबाट रथी भण्डारी र रथी भट्टलाइ दर्ज्यानी दज्र्यानी चिन्ह प्रदान गरिएको कुरा उल्लेख गरेको छ। नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५ असोज ०५ गतेको निर्णय अनुसार रथी द्वय भण्डारी र भट्टलाइ उपरथी दर्जामा पदोन्नति गरिएको हो।

जङ्गी अड्डाले कल्याणकारी योजना निर्देशनालयका सहायक रथी रघु भण्डारी र रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयका सहायक रथी नरेश चन्द्र भट्टलाई मिति २०७५ असोज ०७ गते जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरिएको कुरा जनाएको छ।

यसका साथै उपरथी दर्जामा पदोन्नति भएका उपरथी रघु भण्डारी संभाररथीेको कार्यालय र उपरथी नरेश चन्द्रभट्ट व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा नियुक्ति भएका छन, बिज्ञप्तिमा उल्लेख छ।