यसरी सुरक्षित छ दार्चुलाको खलंगा

0
shares

by Krishna KC (admin@gmail.com) | Updated: 19 Jul 2019

84 views
-Nepal India Darchula Border, Picture from google

दर्पण दैनिकबाट

२०७० साल पछि दार्चुला सदरमुकाम खलंगा बासिहरुलाई बर्षाद लाग्दा एउटै त्रास हुन्थ्यो, भारतले कहिले धौलीगङ्गा बाधको पानी खोल्छ र फेरी बाढि आउँछ घर बगाउँछ त्रासै त्रास ! तर अहिले त्यो अवस्था छैन । नेपाल सरकारले दार्चुलामा महाकाली नदि नियन्त्रण आयोजना सञ्चालन गरी नेपाल र भारतको सिमा नदि महाकालीमा निकै मजबुद तटबन्ध निर्माण गरेको छ ।

महाकाली नदि नियन्त्रण आयोजना द्धारा निर्माण भइरहेको महाकाली तटबन्धको पुरा काम भने आर्थीक बर्ष २०७७/०७८ मा सम्पन्न हुने भएको छ । दार्चुला सदरमुकाममा तटबन्ध नभएका कारण २०७० सालमा महाकाली नदिमा आएको भिषण बाढिले दार्चुला सदरमुकाम खलंगामा निकै क्षती गरेको थियो ।

नदिको बहाब क्षेत्रको समेत प्रबाह नगरी महाकाली नदिको किनार नजिक बनाएका नागरीकहरुका संरचनाहरुका साथै विभिन्न सरकारी कार्यालयहरु समेत महाकाली नदिमा पुरीएका थिए । छिमेकी राष्ट्र भारतको २ सय ८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत आयोजनाको ड्याममा अत्याधिक पानीको चाप भएपछि ढोका खोल्दा महाकाली नदिमा पानीको चाप ह्वात्तै बढेपछि सदरकामुकाम खलंगाका करोडौको क्षती भएको थियो । बाढिमा नागरीकहरुका घरहरुका साथै विभिन्न सरकारी कार्यालयहरु समेत पुरिएका थिए ।

भारतले आफ्नो क्षत्रेलाई महाकाली नदिको कटान बाट बचाउनका लागी प्रत्येक बर्ष निरन्तर रुपमा तटबन्ध निर्माण गरीरहेको अवस्थामा नेपालमा नदिको बहाब रोक्ने कुनै संरचना नहुदा करोडौको क्षती ब्यहोर्न परेपछि नेपाल सरकारले महाकाली नदि नियन्त्रण आयोजना को सुरुवात गरको थियो ।

आर्थीक बर्ष २०७१र०७२ बाट महाकाली नदि नियन्त्रण आयोजनाले महाकाली नगरपालिकाको वडा नं ५ नमस्कार देखि महाकाली नगरपालिकाको वडा नं ४ लास्कु खोला सम्म महाकाली नदिमा तटबन्ध लगाउने कामको सुरुवात गरको थियो । सुरुमा महाकाली नदि नियन्त्र आयोजनाको गुरु योजना बनाउदा आठ दशमलब ५ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरीने भएतापनि पछि थपेर १० दशमलब ८४ किलोमिटर क्षेत्रमा नमस्कार देखि श्रीबगड सम्म तटबन्ध निर्माण गरीरहेको छ । पुरानो कार्य योजना अनुसारको सम्पुर्ण काम सम्पन्न भइसकेतापनि नयाँ कार्ययोजना अनुसारको काम सम्पन्न गर्न अझै २ बर्ष लाग्ने महाकाली नदि नियन्त्रण आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए ।

अहिले सम्म आयोजनाले कुल योजनाको ७७ दशमलब ५ प्रतिशत काम सम्पन्न गरेको छ भने २२ दशमलब ५ प्रतिशत काम सम्पन्न हुन बाकि रहेको छ । यस बर्ष आयोजनाले २४ करोड २५ हजार ५ सय ९९ रुपैया खर्च गर्ने तथा अर्काे बर्ष २४ करोड १ लाख २९ हजार खर्च गरी नमस्कार देखि श्रीबगड क्षेत्रमा २ बर्ष भित्र तटबन्ध निर्माण गरीसक्ने योजना रहेको महाकाली नदि नियन्त्रण आयोजना प्रमुख बरालको भनाइ छ । अहिले सम्म कुल कामको ७७ दशमलब ५ प्रतिशत काम सम्पन्न गर्दा सम्म आयोजनाले २ अर्व ७ करोड खर्च गरेको छ। भारतको भन्दा दार्चुलाको महाकाली नदि किनारमा राम्रो तटबन्ध बनेपछि भारतिय अधिकारीहरुले समेत प्रशंशा गर्ने गरेका छन् ।

तम्पाकु देखि लाली सम्म तटबन्ध निर्माण गरीने

ब्यास गाउँपालिकाको तम्पाकु क्षेत्र देखि लेकम गाउँपालिकाको लाली सम्म महाकाली नदिको कटान हुने क्षेत्रमा तटबन्ध बनाइने भएको छ । महाकाली नदि नियन्त्रण आयोजनाका प्रमुख मित्र बरालले ब्यास गाउँपालिकाको तम्पाकु देखि लेकम गाउँपालिकाको लाली सम्म महाकाली किनारको स्थलगत अवलोकन समेत गरेका थिए ।

देशै भरी नै क्षती भएपछि मात्र राज्य को नजर पर्ने अवस्था रहेकाले क्षती बढि हुने गरेको छ । यसै अवस्थालई मधयनजर गरी महाकाली नदि किनार नजिकका बस्तीहरुमा बसोबास गरीरहेका नागरीकहरु लाई सम्भावित् विपद् बाट जोगाउन तटबन्ध निर्माण गर्ने योजना रहेको योजना प्रमुख बरालले बताए ।

महाकाली नदि नियन्त्रण आयोजनाले महाकाली नदिा तटबन्ध निर्माणका साथै यस आबमा विभिन्न क्षेत्रमा काम गरेको छ । त्यी आयोजनाहरु मध्ये गौडे खोला नियन्त्रण आयोजना अपीहिमाल गाउँपालिका खण्डेश्वरी, मडगाउँ पहिरो नियन्त्रण आयोजना ब्यास गाउँपालिका ४ सुनसेरा, घट्टे कोट पहिरो नियन्त्रण आयोजना मालिकार्जुन गाउँपालिका र न्याउलेखोला दुर्गाथलि पहिरो नियन्त्रण आयोजना बझाङ् रहेका छन् ।