https://www.youtube.com/embed/DJvI-CRpoVo

दंगाली समीरको नक्कली काली आइ

Hollywood Khabar May 27,2017 Comments

गायक समीर आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन्। जन्मदिनमा साथीभाईले आफुलाई सरप्राईज गीफ्ट दिईरहेको भन्दै आफुले पनि दर्शक श्रोतालाई सरप्राईज गीफ्ट प्रदान गरेको उनले बताए। ए नक्कली काली बोलको गीत यूएस खबर अनलाईनको यूट्युब च्यानलबाट सार्वजनिक गर्दै आफ्ना दर्शक श्रोतालाई आफ्नो उपहार ग्रहण गरीदिनुहुन अनुरोध गरेका छन्

प्रदिप चापागाईको शब्द,राजनराज सिवाकोटीको संगीतमा समीरले स्वर भरेको गीतको म्यूजिक भिडियो प्रसन्न पौडेलले निर्देशन गरेका छन्। भिडियोमा बिदुर पाण्डेले कैद गरेका त्री.वि कीर्तिपुरको रमाईलो दृश्य टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

विगत डेढ दशकदेखि संगीतकर्ममा सक्रिय समीरले गत वर्ष “चट्ट सलाम”, “दुनिया बेग्लै छ” लगायत थुप्रै चर्चित गीतहरु बजारमा ल्याएका थिए।दाङ लक्ष्मिपुरका गायक आचार्य हाल अध्ययनको शिलशिलामा अष्ट्रेलियामा छन्।नेपालमा रेडियोकर्म र संगीतकर्मबाट चर्चा कमाएका समीर अष्ट्रेलियामा समेत चर्चित छन्।