चीनमा रेकर्ड तोड्दै भारतीय दंगल 

Hollywood Khabar January 03,2018 Comments

एजेन्सी।भारतको दंगलले चीनमाएक नम्बर भएको छ। भारतमा सबै रेकर्ड तोडेको बलिउड स्टार आमिर खान अभिनीत चलचित्र दंगलले चीनमा पनि रेकर्ड तोड्न सफल भएको हो। चीनको आईएमडिबी (ईन्टरनेट बेस्ड मुभी डाटाबेस) अनुसार चीनमा यो बर्ष एक नंबरमा रहन सफल भएको हो ।

 छोरी र कुस्तीसँग जोडिएको दंगल भारतीय कुस्ती खेलाडी महावीर सिंह फोगट र उनका छोरीहरुको जिवनकथामा बनेको चलचित्र हो।बलिउडमा मेथोड एक्टरका रुपमा परिचित कथालाई आमिर खानले पुर्ण न्याय गरेका छन्। आमिर खान अभिनित चलचित्रले अमेरिका, क्यनाडा, बेलायत, अष्ट्रेलियामा पनि अत्यधिक सफलता पाईसकेको छभने यस पटक चीनमा समेत कब्जा जमाएको हो। नितेश तिवारी निर्देशीत चलचित्र दंगल एक बर्ष अगाडी प्रदर्शनमा आएको थियो।दंगलले गत जुलाईमा भारतीय २ हजार करोड कमाईसकेको छ।