१८ चैत्र दाङ।दाङको सदरमुकाम घोराहीमा चौबिसै घण्टा लकडाउन लागू भएपछि दैनिक आवश्यकीय वस्तुहरु घरघरमा पुर्याैउन थालिएको छ।स्थानीय प्रशासनले दैनिक बिहान ६ देखि ९ बजेसम्म तीन घण्टाका लागि दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न सकिने समय तोकेकोमा अत्यधिक भिडभाड र सङ्क्रमणको जोखिम भएका कारण पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको हो ।पूर्ण रुपमा लकडाउन भएपछि वडा नम्बर १४ र १५ को समन्वयमा दाङ जिल्ला उद्योग वाणिज्य संघले उपभोक्ताहरुको घर घरमा दैनिक खाद्य वस्तुहरु पुर्याउन थालेको हो ।
चामल, तरकारी, नुन, तेल, दाल, दुध, फलफुल, पिठो, साबुन र च्याउ जस्ता सामानहरु उपभोक्ताको घरघरमा पुर्याउउन थालिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो। यसका लागि १२ वटा गाडी र एउटा मोटरसाइकल प्रयोगमा ल्याइएको छ। गाडीहरु माइकिङ गर्दै प्रत्येक टोल टोलमा जाने र घरमा बस्नेहरुले गेटबाटै समान खरिद गर्ने व्यवस्था मिलाइएको छ ।तत्कालका लागि बजारमा बचत अवस्थामा रहेका खाद्यान्नहरु पसलकै मूल्यमा बिक्क्री हुने व्यवस्था गरिएको छ ।
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...