दाङको एक फर्निचर उद्योगमा आगलागी:करीब ६५ लाखको क्षति

0
shares

by Soni Sharma | Updated: 16 Aug 2019

70 views
तस्बिर साभार वेब

३२ साउन दाङ।दाङको लमहीमा रहेको एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ।लमही नगरपालिका वडा नम्बर ५ मा रहेको विश्वास काष्ठ फर्निचर उद्योगमा आगलागी हुँदा झण्डै ६५ लाखको क्षति भएको उद्योग सञ्चालक रविलाल आचार्यले जानकारी दिनुभएको छ।मध्यरातमा आगो लाग्दा निभाउन कठिन भएको र क्षति बढी भएको सञ्चालक आचार्यले बताउनुभयो ।

विद्युत सर्ट हुँदा आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ।लमही नगरपालिकाको दमकल, पानी ट्यांकर, स्थानीय बासिन्दा, प्रहरीको सक्रियतमा आगो निभाइएको थियो।