-आयोगमा नागरिकता सहित उपस्थित हुने, नेकपा दानेलाइ सूर्य, ओलीबालाई डाँडा माथिको सूर्य

आयोगमा नागरिकता सहित उपस्थित हुने, नेकपा दानेलाइ सूर्य, ओलीबालाई डाँडा माथिको सूर्य

Hollywood Khabar February 17,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समायोजन र बिभाजनले सृजना गरेको दुइ-तिहाइको सरकार र संसद बिघटनको घटनाले अब करिब अन्तिम टुंगो पाउने भएको छ।

एकातिर संसद्को बिषय सर्वोच्च अदालतमा छ त अर्को तिर नेकपाको पार्टी आधिकारिकता कसले पाउने भन्ने विवाद निर्वाचन आयोगमा छ। अदालतले संसद फर्काउल भन्ने विश्वास नेकपा दाहाल-नेपाल (दाने), नेपाली कांग्रेस पार्टी मात्र होइन सुवास नेम्बाङ्ग बाहेक अरु धुरन्धर कानुन ब्याबसायीहरुको पनि मत एक छ। तर सो कुरामा विमति राख्दै आएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारिकता आफ्नो पक्षमा रहेको दावी गरेका छन्।

अन्तत, निर्वाचन आयोगले ४४१ सदस्य भएको नेकपालाइ नै आधिकारिकता दिने खालको तयारी गरेको छ। ४४१ केन्द्रिय समिति मध्ये २८७ जना दाने समुहमा छन्। त्यसलाई छरितो र सजिलो गर्नको लागि दाने समुहका केन्द्रिय सदस्यले फेब्रवरी १९, २०२१ शुक्रबार निर्वाचन आयोगमा नागरिकता सहित उपस्थित हुने भएका छन्।

यदि सो को प्रमाणित पछि निर्वाछन् आयोग करिब दुइ-तिहाइ केन्द्रिय सदसय रहेको नेकपा दानेलाइ सुर्य चिन्ह सहित आधिकारिकता जाने सजिलै अनुमान गर्न सकिन्छ। त्यसपछि नेकपा ओलीबाको समूह नयाँ शक्ति हुने हुनाले विकल्पमा जाने देखिन्छ। यसलाई पूर्व तयारी स्वरुप विकल्पमा करिव दुइ वर्ष पहिला नै दर्ता गरेको केपी शर्मा ओली नजिक रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) लाइ प्रदान गरेको डाँडा माथिको सुर्य चुनावको लागि चिन्ह ओलिबाको पार्टीले अबलम्बन गर्ने छ। अनि त्यसैलाई सूर्य चिन्ह आफ्नो हो भनेर प्रचार गर्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ।