-दानेकपाबाट ओली निष्कासित

दानेकपाबाट ओली निष्कासित

Hollywood Khabar January 23,2021 Comments

सेरामिकका भाँडा फुटेपछि जोडिन्नन। त्यस्तै दुइ फरक सेरामिक भाँडालाइ ठाकठूक-काटकुट गरेर एउटा बनाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नमाज्जाले बिभाजन आएको छ।

दुवै गुट आपसी आरोप र झगडा अनि शक्ति प्रदर्शनमा लागेका छन्। यसैबीच नेकपाको दाहाल-नेपाल समूह (दानेकपा) ले प्रधानमन्त्री तथा अर्का गुटका नेता केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ।

जनवरी २४, २०२१ आइतबार बसेको नेकपा (दाने) स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको बताइएको छ। पहिलो चरणमा ओलीलाई पार्टी अध्यक्षबाट हटाएपछि यो पटक साधारण सदस्यबाट पनि निष्कासित गरेको निर्णय गरेको छ।