-नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाइ राजधानी नछोड्न निर्देशन

नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाइ राजधानी नछोड्न निर्देशन

Hollywood Khabar February 24,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल पक्षले आफ्ना पक्षका सांसदहरुलाई तत्काल राजधानी नछाड्न निर्देशन दिएको छ।नेकपाको आधिकारिकता निर्वाचन आयोगले फैसला नदिएका कारण दाहाल-नेपाल पक्ष उसै पनि अगाडी बढ्न सकेको छैन।

उता सर्वोच्च अदालतले प्रतिनिधिसभाको अधिवेशन १३ दिनभित्र बोलाउन समेत निर्देशन दिएपछि सभामुख अग्नि सापकोटाले बैठकको बोलाउने तयारी गर्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने अवस्था भने देखिएको छैन। त्यस्तो अवस्थामा दाहाल-नेपाल पक्षले कांग्रेससंग मिलेर बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीको नाम राष्ट्रपतिसमक्ष पेस गरे नयाँ प्रधानमन्त्री चयन गर्ने प्रयास गर्दैछ। तर नेपाली कांग्रेसका सभापतिले भने जवाफ दिएका छैनन्।