बस संग ठोक्किएर क्षतविक्षत् भएको माइक्रो-तस्विर बिकाश खनाल दमौली।

माइक्रो र बस एक आपसमा ठोक्किदा दुइ जनाको घटनास्थलमै मृत्यु ,आठ घाइते

Hollywood Khabar September 23,2018 Comments

९ असोज,दमौली। तनहुँमा माइक्रो र बस एक आपसमा ठोक्किदा दुइ जनाको घटनास्थलमै ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।दमाैलिबाट पाेखरा गएको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र पाेखरा बाट नारायणगढ तर्फ आएको बस सँग थर्पु मनहरीमा मंगलबार बिहान ६ .१५ बजे ठेक्किँदा  ब्यासनगर पालिका ४ कि ३५ बर्सिय सरस्वती कुँवरको ज्यान गएको हो। मृत्यु हुने अर्की महिलाको पहिचान हुन बाँकी  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख सिद्दिबिक्रम शाहले बताए।माइक्रो चालकलाइ च्यापिएकाे ठाउँबाट निकालिएको र ८ जना घाइतेको पाेखराकाे विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।थप बिबरण अाउन बाँकी रहेको छ ।