Hollywoodkhabar advertisement

लालितपुरको गोदावरी नगरपालिकामा बर्तमन राजनीतिक अवस्था र दलित विषयक अन्तक्रिर्या सम्पन्न

-लालितपुरको गोदावरी नगरपालिकामा बर्तमन राजनीतिक अवस्था र दलित विषयक अन्तक्रिर्या सम्पन्न
0
shares

चन्चला सुनार, ललितपुर, फागुन १५

लालितपुर जिल्लाको गोदावरी नगरपालिका वडा न ५ मा बर्तमन राजनीतिक अवस्था र दलित विषयक अन्तक्रिर्या सम्पन्न भएको छ।

नेपाल दलित संघ ललितपुर जिल्ला सदस्य सन्तोष बिकको अध्यक्षतामा गोदावरी नगरपालिका वडा न.५ मा बर्तमन राजनीतिक अवस्था र दलित सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल दलित संघ केन्द्रिय सदस्य रमेश अछामी, विशिष्ट अतिथि गोदावरी न.पा ५ का वडा अध्यक्ष मिलन सिलवाल, महिला सदस्य रमिता सुनार, नेपाल दलित विद्यार्थी संघ केन्द्रिय महासचिव टेकबहादुर बिक,नेपाल दलित संघ ललितपुर जिल्ला अध्यक्ष बिष्णु बिशुन्के,त्यस्तै वडा सचीव बालकृष्ण सिलवालसहित स्थानीय दलित समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै गोदावरी न.पा वडा न.५ का वडा अध्यक्ष मिलन सिलवालले वडाको योजनामा दलित समुदायको सक्रिय सहभागिता हुनु जरुरी भएको बताएका छन । कुनै एक राजनीतिक पार्टी या संगठनमा रहेर काम गर्दा कार्य सफल हुन सक्ने बताएका छन् भने दलित समुदाय भनेको हातमा सीप भएको समुदाय भएको हुदा दलितहरु सीपको धनी हुन र आफुमा भएको सीपको सहि सदुपयोग गर्दै कुनै पनि आफुले चाहेको एक संगठनमा आवद्ध हुन समेत आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा बोल्ने क्रममा नेपाल दलित सङ ललितपुर जिल्ला अध्यक्ष बिष्णु बिशुन्खेले संगठनमा आवद्ध हुँदा समुदायलाई हुने फाइदाहरु, संगठनको महत्त्वहरु बारे बोलेका थिए ।

कार्यक्रममा दलित समुदायमा आवतजावत गर्ने बाटो अलि एकान्त भएको हुँदा त्याहा बत्तीको सुबिधा हुनुपर्ने, समुदायमा शिपमुलक, आय आर्जनमुलक कार्यक्रम आवश्यक भएको सहभागीहरूले बताएका छन ।

ADVERTISEMENT-----