-सांकेतिक तस्विर

दाजुलाई खुकुरी प्रहार गरेर भाइले आत्महत्या गरे

Hollywood Khabar September 21,2019 Comments

६ असोज, इलाम ।घाँस काटिरहेका दाजुलाई खुकुरी प्रहार गरेर भाइले आत्महत्या गरेका छन्।इलामको सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले  आइतबार  घर नजिक बारीमा घाँस काटिरहेका आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् । घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेकोजिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए।खुकुरी प्रहार गरि फरार रहेका भाइ बुद्धवीरको शव  गोगुनको रुखमा झुण्डिएरको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।