Krishna's Trampolines

मोटोपना र तौल घटाउने सजिलो तरिका ट्राम्पोलिन र स्किपिंग

Hollywood Khabar February 05,2018 Comments

कृष्ण के सी/अमेरिका
ट्राम्पोलिन अर्थात सामान्य रुपमा बच्चाहरुलाई उफ्रेर मज्जालिनको लागि बनाइएको खेलौना हो। ट्राम्पोलिन खेल्दा धेरै बच्चाहरु दुर्घटना भएका भिडियो समेत देख्न सकिन्छ। तर पनि आजकल भने सुरक्षित रुपमा ट्राम्पोलिनलाइ बहुउपयोगी ब्यायाम गर्ने साधनको रुपमा लिन थालिएको छ।
एक्टिभ बच्चाहरुलाइ उफ्रनका लागि ट्राम्पोलिन एकदमै मनपर्छ। उसो त फिजिसियनले गर्न नहुने भनिएका व्यक्ति बाहेक सबैखाले उमेर समूहका व्यक्तिले ट्राम्पोलिनको प्रयोग गर्न सक्छन। पछिल्लो समयमा ट्राम्पोलिनलाई फिट्नेशमा एउटा उपयोगी र च्यालेन्जिंग तरिकाको रुपमा लिनथालिएको छ।
खासगरी बयस्कहरुले नियमित रुपमा ट्राम्पोलिन गरेर धेरै फाइदा लिन सक्छन। प्रायगरी ५ देखि १० मिनेटसम्म दैनिक रुपमा ट्राम्पोलिन गर्दा तपाइँको मशल र जोर्नीमा सुधार आउनेछ। मोटोपना घट्दै जानेछ, विशेष गरी भुँडीलाइ सही साइजमा राख्न उपयोकी छ ट्राम्पोलिन। यसका साथै ब्यालेन्सका लागि सचेत हुँदा-हुँदै पनि ठेस लागेर लड्ने डर कम हुन्छ। २ देखि १२ वर्ष सम्मका बच्चाहरुले ट्राम्पोलिन गर्दा उनीहरुमा शारीरिक बलको बिकास हुनाका साथै ढुलमूल भएर लड्ने डर कमहुन्छ।
उफ्रिनु किन फाइदा अनि जमिनबाट छुट्दा के हुन्छ
बर्षको एक पटक जमिन छोड्नुपर्छ अनि त्यसको लागि पिङ्ग खेल्नुपर्छ भन्ने नेपाली परंपरा छ। त्यसको सही कारण भने जमिनको गुरुत्वाकर्षण र शरिरमा पर्ने असरलाई ब्यालेन्स गर्नको लागि रहेछ। जब हामी उफ्रंछौँ जमिनको गुरुत्वाकर्षण विरुद्ध शरीरले शक्ति खर्चगर्छ। त्यसैकारणले गर्दा हाम्रो शरीरमा गुरुत्वाकर्षण बिरुद्ध पुश गर्ने शक्ति बढ्दछ त्यसैको कारण सुन्यमा ब्यालेन्स गर्ने क्षमता बढ्छ भनिन्छ।
लचक्दार उफ्राई
ट्राम्पोलिनको लचकदार उफ्राइ एक किसिस्मको एरोविक व्यायाम हो। यसबाट कार्डियो भास्कुलर सिस्टममा राम्रो ब्यायाम हुन्छ। यसले मुटु र फोक्सो दुवैलाइ बलियो र सक्रिय बनाउँछ। ट्राम्पोलिनको अर्को फाइदा भनेको शरीरको मोटोपाना घटाएर मशलफ्याट साप्लाई गरेर दरिलो बनाउँछ।
सुरक्षाका लागि चेतावनी
ट्राम्पोलिन गर्दा सुरक्षा अपनाउनु सबैभन्दा महत्वपूर्ण कुरा हो। विशेष गरी सिनियार सिटिजनहरुले आफ्नो डाक्टरसँग सल्लाह गर्नु अनिवार्य भनिएको छ। साना नानीहरुको सुरक्षाको लागि प्याड लगाउन अनुरोध गरिएको छ। साथै ट्राम्पोलिनको वरिपरि नेट राख्नु बढी सुरक्षित हुन्छ। बच्चाहरुले ट्राम्पोलिन गर्दा एक्लै नछोडेर नजिकै बसेर अब्जर्भ गर्न फिजिशियनहरुले सल्लाह दिनुभएको छ।
अब डोरी फड्कने अर्थात् स्किपिंगका बारे त मैले केही लेख्नै पर्दैन। यो नेपाली स्कूलहरुमा अन्य खेल नहुँदा बाध्य भएर विकल्पमा खेलिने खेल हो।
तौल घटाउने मेरो आफ्नै अनुभव

  • दैनिक रुपमा १००-१५० पटक ट्राम्पोलिन गर्ने ५० देखि १०० पटक स्किपिङ् (डोरी खेल्ने) गर्ने बियर नपिउने।
  • पिउनै परे १२ आउच मात्र। प्रति १२ आउच बियर पिय बापत ५० पटक थप स्किपिंङ् गर्ने। पिउननै परे रेडवाइन मात्र पिउने। पिएको दिन ५० पटक थप स्किपिङ् या १०० पटक ट्राम्पोलिन गर्ने
  • स्वास्थ्य खानेकुरा मात्र खाने। नुनिलो, चिल्लो, गुलीयो कम खाने। साँझको खान ७ बजे अगाडि नै खाइसक्ने।
  • सुत्नेबेला १ ग्लास तातो दुध पिउने
  • ९ बजे अगाडी नसुत्ने तर १०:०० देखि ११ बजे भन्दा ढिलो नसुत्ने