-तस्बिर वेब

दैलेखमा २ घन्टा बीचमा दुई भूकम्प

Hollywood Khabar October 21,2018 Comments

६ कार्तिक,काठमाडौं।दैलेखमा २ घन्टा बीचमा दुई भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा मंगलबार राति १२:३१ बजे ३।९ म्याग्निच्यूड र मंगलबार बिहान १:४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो।

यसअघि गत असोज २० गते दैलेख केन्द्रबिन्दु भएर ४।३ रेक्टर स्केलको भूकम्प गएको थियो।त्यसको अघिल्लो दिन असोज १९ गते दैलेखमै केन्द्रबिन्दु भएर दुईपटक ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रको भूकम्प सूचीमा उल्लेख छ।