-डडेल्धुरा बहुमुखी क्याम्पस

डडेल्धुरा बहुमुखी क्याम्पस तोडफोड 

Hollywood Khabar May 16,2019 Comments

३ जेठ, डडेल्धुरा ।डडेल्धुरा बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला स्ववियु सभापति जगत ऐर नेतृत्वको टोलीले ढुंगामुढा र तोडफोड गरेको हो। तोडफोडबाट क्याम्पसका केही कोठाको झ्यालका सीसा फुटेका छन् ।प्रहरीले क्याम्पसमा तोडफोडमा संलग्नको आरोप लागेका सभापति ऐरसहित नौ जनालाई पक्राउ गरेको छ ।मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको परीक्षा विथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् ।

 डडेल्धुरा बहुमुखी क्याम्पसले त्रिविको नियम विपरीत राजनीतिक भागभण्डाको आधारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले ८ दिन अगाडि ताला लगाएको थियो । नेकपा डडेल्धुरा, नेपाली कांग्रेस डडेल्धुरा र जिल्ला प्रशासनको मिलेमतोमा कर्मचारी भर्ना गर्ने लागेको भन्दै स्ववियुले तालाबन्दी गरेको थियो।क्याम्पसले ताला तोडेर पूर्वनिर्धारित मितिमै कर्मचारी भर्नाको परीक्षा लिएको थियो । तीन जनाको लागि सिटमा १२ जनाले आवेदन दिए पनि ७ जना मात्र परीक्षामा सहभागी भएको क्याम्पसले जानकारी दिएको छ ।