यो बर्षको Cyber Monday र धेरै ठूलो अनलाइन ब्यापार

Hollywood Khabar November 25,2017 Comments

कृष्ण के सी/अमेरिका
पहिलो पटक २००५ ताका Ellen Davis ले इकमर्सको लागि Cyber Monday को नाम प्रयोग गरेको भनिन्छ। मार्केटिङ्ग कम्पनीहरुले ल्याएको यो Cyber Monday ऐले आइपुग्दा एउटा ठूलो ब्यबसायिक नाम भएको छ। Cyber Monday को इतिहास खोज्दा चाहिँ Shop.org ले २००५ मा सुरु गरको भनिन्छ। बिस्तारै बढ्दै गएको Cyber Monday सेल २००९ मा झन् ठूलो र २०१७ मा २००९ को तिन गुणाले बढेको छ। जस्तो कि days of Thanksgiving बिहिबार पर्छ अनि संगै आउने शुक्रबारलाइ व्यापारिक नाम Black Friday भनिन्छ। त्यसैको पछाडिको सोमबारलाइ Cyber Monday भनिन्छ।
अनलाइन व्यवसायका जायंट कर्पोरेटहरु त्यसमा पनि इलेक्ट्रोनिक ब्यबसायीहरुको लागि Cyber Monday एउटा ठूलो दिन हो। इलेक्ट्रोनिक सामान खरिदकर्ताहरुको लागी पैसा बचाउने र मन परेका सामान सस्तोमा किन्ने दिन पनि हो। Kimberly Amadeo ले The Balance मा यो वर्षको नोवेम्बर २७, सोमबारको अर्थात Thanksgiving पछिको पहिलो सोमबार यो बर्षको सबै भन्दा ठूलो सपिङ्ग हुने दिनको रुपमा अनुमान उल्लेख गर्नुभएको छ।
Adobe Digital ले $6.6 बिलियनको सेल हुने अनुमान गरेको छ। यो आंकडा गत २०१६ को भन्दा १६.५ % ले बढी हो। हालका बर्षहरुमा Cyber Monday धेरै नै चर्चित भएको छ। सोमबार बिहान देखि लगभग ७५% खरिदकर्ता यसैको खोजीमा हुन्छन। कुन साइट्बाट कुन-कुन सामान के दरमा छन्। अनुसन्धान अनुसार २५% खरिदकर्ता मध्य दिनमा खरिद गर्छन, ३४% खरिदकर्ताहरु भने सोमबार राती अनलाइन खरिद गर्दछन। अनि हप्तै भरि हुने सेलको लागि १९% ले Cyber Monday सेल्स अफ द वीकको फाइदा लिन्छन।
Cyber Monday आजकल धेरै अगाडि नै सुरु हुन्छ। बिशेष गरेर टप स्टोरहरु जस्तो कि Wal-mart, Target र Amazon ले Thanksgiving Day बाटै सुरु गर्छन। Cyber Monday ले  गर्दा Black Friday छायामा परेको छ।