साङ्केतिक तस्बिर:साभार वेब

करेन्ट लागेर एक महिलाको मृत्यु

Hollywood Khabar May 23,2020 Comments

११ जेठ तनहुँ ।तनहुँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।को म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा घाँस काट्ने क्रममा बिहान करेन्ट लाग्दा भोजपुर जिल्ला घर भई हाल कृष्ण रानाभाटका घरमा डेरा गरी बस्ने ५४ वर्षीया सीता राईको मृत्यु भएको हो । रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागेर घाइते महिलाको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।