नेपाली नयाँ बर्षको क्रुजमा पार्टी

क्रुजमा नेपाली नयाँ बर्षको पार्टी, सुदर शहर सान फ्रान्सिस्को बे एरियामा

Hollywood Khabar February 15,2019 Comments

कृष्ण के सी/अमेरिका

धेरै समय देखि राजनीतिबाट बिग्रिएको नेपाली समाज बिस्तारै नयाँ जेनेरेशनको आगमन पछि इभेन्टहरु पनि फरक रुपमा हुन थालेका छन्। धर्म, भाषा, संस्कृति र उत्सव अनि पर्व पनि फरक रुपमा मनाउन थालिएको छ।

यसै प्रसङ्गमा सान फ्रान्सिस्को बे एरियामा बस्दै आएका जागरुक युवाहरुले नेपाली नयाँ बर्षको उपलक्षमा सुन्दर, भब्य र मनोरंजतात्मक क्रुजमा सयर गर्दै मनोरन्जना लिन क्रुज पार्टीको आयोजना गरेका छन्।

नेपाली नया वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्निया राज्य उत्तरी खण्डको सान फ्रान्सिस्को शहरमा नेपाली समुदाय माझ पहिलो पटक Project Entertainment Group को तयारीमा नयाँ वर्ष साँझ क्रूज पार्टी आयोजना गर्न लागिएको हो।

पार्टी आयोजक द्वय उद्धब के सी र हरि ओझाले हलिउडखबरलाइ जानकारी गराए अनुसार क्रूज पार्टी अप्रिल १३, २०१९ शनिबारको दिन बेलुका ७ बजे देखि मध्यरात १२ बजे सम्म हुनेछ। क्रूज पार्टी Alameda Harbour बाट सुरु भइ यस क्षत्रमा पर्ने संसारकै लोकप्रिय पर्यटकीय स्थलहरु Bay Bridge, Goldengate Bridge, AT&T पार्क, Tresure Island, Alcatraz, Sausalito, Pacific Ocean को परिक्रमा गरेर पुन Alameda Harbour मा आएर नेपाली नया वर्ष मनाउदै समापन गरिने छ।

आयोजकका अनुसार मासलाइ भन्दा क्लासलाइ ध्यानमा राखेर यो पार्टीको तयारी भइराखेको छ। कार्यक्रमका अरु मुख्य आकर्षणहरुमा Live Music, DJ, गाला डिनर, ओपन बार आदि इत्यादी रहेका छन्।

टिकेट र थप जानकारीको लागि:

उद्धब के सी - 510-809-5852

हरि ओझा - 510-309-7474