अपराधको दुनियाँमा मौलाउँदो‘हनी ट्रयापिङ्ग’

0
shares

by Soni Sharma | Updated: 16 Aug 2019

637 views
दिपक कुमार बिष्ट

राम्री केटीले प्रेमजालमा पारेर वा यौनका लागि आमन्त्रण दिएर फसाउने अपराधलाई प्रहरीहरू‘हनी ट्रयापिङ’भन्छन्।युवतीहरु लाई प्रयोग गरी मायाँ जालमा पार्ने र त्यसपछि विभिन्न नाटक गरी पैसा असुल्ने कामलाई प्रहरीले ‘हनी ट्रयापिङ’ भन्ने गरेको छ। वास्तवमा अपराधशास्त्रको अन्तर्राष्ट्रिय प्रचलित मान्यता अनुसार‘हनी ट्रयापिङ’ भनेको एउटा त्यस्तो हर्कत हो जहाँ रोमान्टिक एवं यौनजन्य सम्बन्धको सहारामा एउटाले अर्को पक्षलाई पारस्परिक, शारीरिक एवं आर्थिक क्षति पुर्यानउँछ ।जसरी कमिला वा झिंगाहरू मह(हनी) खान पाइने लोभले फस्छन्,त्यसरी नै अधिकांश पुरुष सुन्दर महिलातिर चुम्बकले तानेझैँ तानिन्छन् ।महिलाले ‘ग्रिन सिग्नल’ मात्रै दिनुपर्छ,अघिपछि केही नहेरी उनीहरू हाम्फालिहाल्छन् त्यसरी फसाएर ठग्ने लुट्ने वा आफुलाई फाईदा र अरुलाई हानी पुर्याउनेगरि गरिने अपराध नै हनी ट्रयापिङ्ग हो ।

‘इजी मनी’का लागि अपराधको यो शैली काठमाडौं भित्रिएको छ,’नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार,‘राम्री केटीको प्रयोग गरेर धनाढ्य पुरुष फसाउने प्रवृत्ति बढेको छ ।’युवतीहरुलाई प्रयोग गरी अपहरण गर्ने र त्यसपछि असुली गर्ने सन्जाल का काठमाडौंमा मौलाएको विगतका केहि घटनापरिघटनाले देखाएको छ।

घटना नम्बर १
आफूलाई सीआईबीको उपरीक्षक (डीएसपी) हुँ भन्दै फिरौती लिने गरेका एक पुरुषका बिरुद्धमा पीडितको उजुरी परेपछि सो उजुरीको आधारमा सीआईबीले एक युवतीसहित चार जना पक्राउ गरेको थियो।तीमध्ये दुई जना नख्खु कारागारमा छन्।राम्रा युवतीलाई जालमा पार्दै अपहरण गरेर फिरौती लिनेदेखि हत्या गर्नेसम्मका आपराधिक घटना अब नौला रहेनन्।दाङका व्यवसायी राजकुमार श्रेष्ठको हत्या ‘हनी ट्रयापिङ’ यसैको पछिल्लो उदाहरण हो।अपराधको दुनियाँमा ‘हनी ट्रयापर’को भूमिकामा  युवतीहरु मात्र होईन पुरुषहरु पनि‘हनी ट्रयापर’को भूमिकामा रहेका पाईएका छन्।शहर बजारमा अहिले पुरुष तथा महिलाहरु समान रुपमा ‘हनी ट्रयापर’ बनेर सक्रिय रहेको भेटिने गरेका छन्।नेपाल प्रहरीले पुरुष हनी ट्रयापरहरु पनि फेला पारेको तथ्य बाहिर आएको छ‚ती ‘हनी ट्रयापर’पुरुषहरुले धनाढ्य महिलालाई जालमा पार्ने,मनलाग्दासम्म‘रोमान्स’ गर्ने र पैसा असुलेपछि भाग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

घटना नम्बर २
केहि समयअघि एक युवती बैंकिङ कसुर सम्बन्धी समस्या भएको भन्दै काठमाडौं प्रहरी परिसरमा पुगिन् । मुद्दा शाखाका डीएसपीलाई उनले आफूलाई एकजना युवकले १ लाख ९३ हजार रुपैयाँ ठगेको बताइन् ।ती युवकले लगेको रकम फिर्ता नगरेको उनको गुनासो थियो । उनले प्रहरीलाई भनिन्,‘पटकपटक भनेपछि उसले चेक त दियो, तर खातामा पैसा थिएन।’तर,प्रहरीको काउन्सिलिङका क्रममा युवतीले आफू बलात्कृतसमेत भएको बताइन्। र, उनकै जाहेरीका आधारमा ती आइतबार पक्राउ परे।अनुसन्धानको क्रममा युवती‘हनी ट्रयापिङ’ मा परेको खुल्यो।शारीरिक रुपमा अशक्त पीडित ती महिलाका श्रीमानको केही वर्षअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो।उनका दुई सन्तान पनि छन्।नैकापमा बस्दै आएका उनीहरु एक अर्कासँग नजिकिएका थिए।युवकले आफूलाई फिल्म डाइरेक्टरका रुपमा चिनाएका थिए। उनले पीडित महिलालाई पनि फिल्ममा रोल दिने भन्दै झन् नजिक्याए।दक्षिण कोरिया पठाइदिने समेत बताएपछि महिला ती यूवाको जालमा फसिन्।अन्ततःउनीहरु दुई वर्षअघिदेखि ‘लिभिङ टुगेदर’मा बस्न थाले।त्यही क्रममा युवकले आफूलाई दुईलाख रुपैयाँ अति आवश्यक भएको भन्दै महिलासँग पैसा मागे।महिलाले १ लाख ९३ हजार रुपैयाँ दिइन्।तर,एक दिन ती यूवा अर्कै युवतीसँग शंकास्पद अवस्थामा हिँडेको देखेपछि उनी झस्किइन्।यद्यपि, उनले कुनै प्रतिक्रिया जनाइनन्।बरु,आफ्नो पार्टनरको गतिविधिलाई थप निगरानी गर्न थालिन्।अन्ततः उनले अरु युवतीलाई पनि आफूलाई जस्तै प्रलोभनमा पारेर ठग्ने गरेको चाल पाइन्।उनले पैसा फिर्ता मागिन्।तर,पैसा दिनु त कहाँ हो कहाँ, छोराहरुलाई अर्को कोठामा थुनेर आफूलाई बलात्कार गरेको युवतीको दाबी छ।ती यूवाले भने सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी गरेका छन्।

 घटना नम्बर ३
सामाजिक सञ्जालमार्फत एक युवकले वेलायतमा रहेकी एक युवतीसँग चिनजान गरे। उनीहरुबीच बाक्लै कुराकानी हुन थाल्यो।विस्तारै उनीहरुबीचको सम्बन्ध प्रेममा परिणत भयो।उनीहरुबीच बिहे गर्नेसम्मका कुरा भए।यसैक्रममा युवती फेसबुके प्रेमीलाई भेट्न बेलायतबाट काठमाडौं आइन्।अर्कोपटक आउँदा बिहे गर्ने सहमति भएपछि उनीहरुले सँगै रात बिताए।युवकले आफ्नो व्यापार गर्ने योजना रहेको युवतीलाई सुनाए।युवतीले बेलायत पुगेर रकम पठाइदिने वचन दिइन्।युवकले हुण्डीमार्फत रकम मागे।पटकपटक गरी बेलायतबाट ५० लाख रुपैयाँ युवकको हातमा आयो।तर,जब युवती प्रेमलाई बिहेमा परिणत गर्ने योजनासहित काठमाडौंमा ओर्लिन्, प्रेमी एकाएक बेपत्ता भए।त्यसपछि युवती प्रहरी कहाँ पुगिन् ।‘पैसा दिएको केही प्रमाण चाहिँ छैन।

 घटना नम्बर ४
केही वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा रमेश (परिवर्तित नाम) दुबई पुगे । त्यहाँ आफ्नो व्यवसाय भएको उनको दाबी छ ।काठमाडौं बस्ने एक युवतीको फेसबुकमा रमेशसँग चिनजान भयो । युवतीको पतिसँग डिभोर्स भएको थियो ।दुबईमा व्यापार गर्ने युवकले रेसिडेन्स कार्डसहित जागिर लगाइदिन्छु भनेपछि उनले दुबई जाने सपना बुन्न थालिन् । त्यही चक्करमा उनले ४६ लाख बुझाइन् र दुबईका लागि उडिन्।‘च्याटमा कुरा हुँदा म पनि सिङ्गल हुँ, बिहे गरेर राख्छु भनेको थियो’,पीडित युवतीले वयानका क्रममा प्रहरीलाई भनेकी छन् ।दुबईमा केही समय उनीहरुसँगै बसे । युवकले उनीबाट पैसा पनि लिए । तर, जब उनले दिनेशले अरु युवतीलाई पनि यसरी नै फसाउने गरेको चाल पाइन्, छायाँबाट खसे झैं भइन् ।पीडित युवती नेपाल फर्किईन् र, रमेश विरुद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी दिईन् ।

यी त प्रतिनिधि घटना मात्र हुन्, प्रहरीका अनुसार पछिल्लो समय ‘हनी ट्रयापिङ’को घटना बढ्दो छ । र, ‘हनी ट्रयापिङ’मा महिलालाई प्रयोग हुने मात्र होइन, पुरुषहरुले पनि महिलालाई फसाउने क्रम पनि बढ्दो छ ।‘उनीहरुको निशानामा विशेष गरी एकल र डिभोर्स भएको महिला पर्ने गरेको देखिन्छ’,एक प्रहरी अधिकारीले भने, ‘श्रीमान् विदेशिएका महिलालाई पनि उनीहरुले शिकार बनाउने गरेका छन् ।’श्रीमान विदेशमा भएका, एकल महिलाहरुलाई ‘इजी मनी’को स्रोत बनाउन ‘हनी ट्रापिङ’मा पार्ने गरेको प्रहरीको बुझाइ छ । ‘बेरोजगारी पनि यस पछाडिको प्रमुख कारण हो’ एक प्रहरी भन्छन्, ‘फेरि नेपाली ठगिनमा माहिर छन् । थोरै प्रलोभनमा युवक हुन् या युवती जो पनि ठगिइहाल्छन् ।’

लेखक अधिवक्ता हुन् ।