-साङ्केतिक तस्बिर

करेन्ट लागेर मजदुरको मृत्यु

Hollywood Khabar February 12,2020 Comments

१ फागुन,काठमाडौं।कैलालीमा  करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको ज्यान गएको छ।घर निर्माणको काम गर्दा करेन्ट लागेर धनगढी उपमहानगरपालिका-१५ का २२ वर्षीय बिछोड चौधरीको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको बताए ।