कृयटिभ नेपाल युथ अर्गनाइजेशनको आभार

Hollywood Khabar August 20,2017 Comments

हरितालिका तीजको पावन अवसरमा आयोजना गरिएको “तीजको रमाइलो २०७४” मा पाल्नु भैं कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन सहयोग गर्नुहुने यहाँहरु सबै पाहुनाहरुलाई हामी हृदय देखी आभार ब्यक्त गर्दछौ।
करिब ३०० जना चेलीबेटी, आमाबुवा, दाजुभाइ तथा बालबालिका उपस्थिति भएको कार्यक्रमलाई सफल र भब्य बनाउन धेरै सहयोगी हातहरुको योगदान रहेको थियो। बिशेष गरी, कार्यक्रम संयोजकहरु प्रतिमा दुलाल, शशि प्रसाई, अतिथी गायिका नलिना चित्रकार, डि.जे. अमित अनि संगीतिक टिम, मिठो खाना (दर ) खुवाउनु हुने टेस्ट अफ् हिमालयन रेस्टुरेन्ट (गोपाल बस्नेत), कार्यक्रमलाई पानी उपलब्ध गराउने हिमालयन ग्रोसरी, वाईन उपलब्ध गराउनु हुने प्रेतेश कार्की, कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने हाम्रा सबै स्थानीय कलाकार, रकम दि सहयोग गर्नुहुने महान् प्रायोजक, कार्यक्रमा सबै कुराको चाँजोपाजो मिलाउन सहयोग गर्नुहुने कार्यसमिति सदस्य, सल्हाकार, अन्य स्वंयसेबक दिदीबहिनी, दाजुभाई तथा सबै प्रति कृयटिभ नेपाल युथ अर्गनाइजेशन हृदय देखी आभार ब्यक्त गर्दछ।
अन्तमा;
मातृभूमिमा हालै आएको बाढी, पहिरो र डुबन लगायत प्राकृतिक विपत्ति पीडितहरुको लागि राहत सङ्कलन अभियानको रुपमा यो कार्यक्रम समर्पित भएको थियो, उक्त कार्यक्रमबाट उठेको सम्पूर्ण रकमबाट हुनजाने खर्च कटाएर सतप्रतिशत बाकी रहेको रकम पीडितलाई दिने घोषणा अनुसार, हामी केही दिन भित्रैमा सबै हिसाब रकम नेपाल पठाउने छौ।
तीजको रमाइलो २०७४ मा हामीबाट कुनै कमि कमजोरी भए, अर्को बर्ष नदोहोर्‍याई अझै भव्य कार्यक्रम पस्कने बाचाका साथ यहाँहरु सबैलाई मुरीमुरी धन्यवाद !
कृयटिभ नेपाल युथ अर्गनाइजेशन परिवार