क्रियटिभ नेपाल युथ अर्गनाइजेशनको तेश्रो साधारण सभा जुलाई १ मा

Hollywood Khabar May 13,2018 Comments

कृष्ण के सी/अमेरिका
क्रियटिभ नेपाल युथ अर्गनाइजेशनले आफ्नो तेश्रो साधारण सभा आगामी १ जुलाई २०१८ का दिन गर्ने आधिकारिक सूचना प्राप्त भएको छ। अर्गनाइजेशनको तेश्रो साधारण सभाले अर्गनाइजेशनको नयाँ नेतृत्व चयन गर्नेछ। साथै पदभार ग्रहण, आउट गोइंङ्ग नेतृत्वको बिधाई र धन्यवाद ज्ञापन समेत सोही सभामा हुने कुरा संस्थाका महासचिव पुण्य कार्कीले हलिउदखबरलाइ जानकारी दिनुभएकोहो।

महासचिव कार्कीले सम्पूर्ण साधारण र आजीवन सदस्य, सल्लाहकार, कार्यसमिती सदस्य, संघ-संस्थाप्रतिनिधिहरु, पत्रकार र शुभचिन्तक सबैलाई आधिकारिक रुपमा निमन्त्रणा समेत गर्नुभएको छ।

स्थान: 6401 Bernhard Avenue, Richmond (The Gyuto Foundation)
समय: दिनको १ बजे देखि ४ बजे सम्म
मिति: १ जुलाई २०१८