कृयटिभ नेपालको तीज स्पेशल, सेप्टेम्बर ८, एल सरिटो कम्यूनिटी सेन्टरमा

Hollywood Khabar September 02,2018 Comments

कृष्ण के सी/अमेरिका
कृयाटिभ नेपाल यूथ अर्गनाइजेशनले बिगत देखि नै हरेक बर्ष तीज कार्यक्रमको आयोजना गर्दै आएको छ।

यस बर्ष पनि नेपाली नारीहरुको चर्चित पर्ब तीजको अवसर ८ सेप्टेम्बर २०१८, शनिबार तीजको रमाइलो २०७५ कार्यक्रम आयोजना गरेको छ। साँझ ५:३० बजे देखि राति १० बजे सम्म हुने उक्त कार्यक्रममा सान फ्रान्सिस्को बे एरियाका सबै महिला-पुरुष सबैलाइ आयोजकहरुले हार्दिक निमन्त्रणा गरेका छन्।

संस्थाकी अध्यक्षा शशी प्रसाईका अनुसार यो बर्ष चर्चित गायिका जुना प्रसाईले सुमधुर गीतहरु पस्कने छिन। त्यसैगरी  अन्य मनोरंजनात्मक कार्यक्रमका साथमा डिजे एसबाबुको डिजे धमाका हुनेछ। प्रवेशको लागि सहयोग स्वरुप $२० मा डिनर र कम्प्लिम्मेण्ट ड्रिङ्क्सको समेत ब्यबस्था गरिएको छ। १० बर्ष मुनिका नानीहरुको लागि निशुल्क प्रवेश। कार्यक्रम एल सरिटोको कम्यूनिटी सेन्टर, 7007 Moeser Ln, El Cerrito, CA 94530 मा हुनेछ।