नेकपामा राप्रपा र अखण्ड नेपालका सदस्य प्रदेश नेता बने

Hollywood Khabar August 22,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाल कम्यूनिष्ट पार्टी एमाले र नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र मिलाएर बनेको नेपाल कम्यूनिष्ट पार्टीको स्थानिय स्तरमा समायोजन या मिलान कार्य हुँदैछ।

मिलान गर्ने क्रममा पार्टी मिलन भएन तर भर्ती गरियो, लामो राजनैतिक पृष्ठभूमी भएका कार्यकर्ता पंछाईयो र भर्ति केन्द्र बनाइयो भन्ने आलोचना पनि संगै आएको छ। एक केन्द्रीय सदस्यले भने, यो मिलाउने काम ओली र प्रचण्ड मात्र माली बाँकी सबै खाली बनाउने दाउ हो।

अर्का एक केन्द्रिय सदस्यले भने ओली र प्रचण्ड मिलेर साम, दाम दण्ड भेद गरेर नै भए पनि माधब नेपाल पक्षलाइ पत्ता साफ गर्ने खेल हो। नत्र अरु पार्टीमा संगठित सदस्य रहेकालाइ पार्टी प्रवेश नै नगरी, पार्टीको सदस्यता नै नलिएको व्यक्तिलाइ कसरी प्रदेश कमिटीमा पुर्याइयो ? उहाँहरु दुवै केन्द्रिय सदस्य र अर्का कास्कीका नेकपाका नेता समेतको कुरा सुनेपछि वृतान्त तयार भयो।

गण्डकी प्रदेशमा ०७१ सालमा पार्टी प्रवेश गरेको भनि एउटा किर्ते बनाएर राष्ट्रिय प्रजात्रन्त्र पार्टी (राप्रपा) पोखरा नगर सदस्य प्रकाश के सी जो ऐले पनि राप्रपामा संगठित सदस्य छन, राता रात नेकपाको आधिकारिक नेता बनाइएको छ। के सीले प्रदेशसभा सदस्यको निर्वाचनका बेला पार्टी प्रवेश गरेको हल्ला गरेका थिए। तेसै हल्लालाई आधार मानेर नेकपाको प्रदेश कमिटीमा राखिएको छ।

केही महिना अघि पार्टी प्रवेश गरेका अखण्ड नेपालका भरत के सी, उदय बस्नेत पनि नेकपाका नेता हुने भाग्यमानी बनेका छन्। भरत दुइ बर्ष अघि एमालेमा छदा क्षेत्रिय कमिटी र नगर कमिटीमा थिए। हाल एकै पटक प्रदेश कमिटीमा ठूला नेता भए। तर एमालेका पुराना कार्यकर्ता प्रकाश सिग्देल, गोकर्ण तिवारी, राजु पौडेल, उदय सुवेदी, तिल प्रसाद काफ्ले, बिशेश्वर कट्टेल जो गोरखाका उपाध्यक्ष समेत भै सकेकोलाई प्रदेशमा माधव नेपाल पक्षधर भएकै कारण राखिएन।

जिल्लाका केहि पुराना कार्यकर्ताहरु जिल्ला अधिवेशनमा गुटबन्दीको कारण हराएका थिए।  मुक्ति पौडेल, गोपाल गिरी, धर्मराज बास्तोला, श्रीप्रसाद गुरुङ, पुर्ण ब थापा, सोमलाल कडेल, मनोहर आचार्य लगायत दर्जनौ व्यक्तित्वहरुलाई यस पटक समेट्ने काम भएन। त्यसको सट्टा पार्टीको लेवी खाई बदनाम भएको, जग्गा माफिया जस्ता भ्रष्ट आचरण भएकाहरूलाई अहिले जिल्ला र प्रदेशमा समेटिएका छन। सकृय युवा कार्यकर्ताहरू पुर्ण लामा, वेन ब गुरूङ, प्रेम थापा, चेत गुरुङ, राज कुमारी भुजेल लगायत थुप्रै कार्यकर्ता बाहिर परेका छन्।

स्थानीय वडाध्यक्ष निर्वाचनको बेला काग्रेसलाई सहयोग गरेको कारण कारवाहीको सिफारिस गरेका पवित्र गुरूङ, पार्टीमा भर्खरै प्रवेश गरेका छम माया पुन जस्ता व्यक्ति एक वर्ष भित्र अस्पताल बोर्ड, पोखरा स्वस्थ्य बिज्ञान प्रतिष्ठान सदस्य र हाल नगर कमिटीमा मनोनित भएका छन्। यसरी महानगर कमिटीमा अधिकांश व्यक्तिहरु त नेताहरूका नातेदार भाञ्जा, भतिजा, नजिक भएका वडा सदस्य र सामान्य समर्थकहरु राखेका छन् ।