Political Bureau of the Central Committee of CPN

नेकपा सचिवालय बैठकले सांसद मानन्धरको राजिनामा स्विकृत गरेन

Hollywood Khabar October 20,2018 Comments

नेपाल कम्यूनिष्ट पार्टी-नेकपाका सांसद रामवीर मानन्धरले सो पार्टीका नेता बामदेब गौतमलाइ उपनिर्वाचनमा पठाएर जिताउन गरिएको राजीनामा पत्रको राजनैतिक प्रपन्च अस्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले काठमाडौं ७ बाट निर्वाचित सांसद मानन्धरले दिएको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको कुरा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सो पार्टीका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्दियाबाट गत निर्वाचनमा पराजित नेकपा नेता वामदेव गौतमलाई काठमाडौं ७ खाली गरेर सांसद त्यसपछि प्रधानमन्त्रीको लागि दिएको टक्कर दिएको बताइन्थ्यो। तेही हिच्च्कीलाइ प्रधानमन्त्री तथा सो पार्टीका प्रथम अध्यक्ष केपी ओलीले गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाएमा पार्टी र सरकारलाई नोक्सान पर्ने भन्दै पार्टी भित्र चर्को विवाद भन्दै तत्काललाई स्थगित गरिएको बताइयो।

बैठकमा नेता माधवकुमार नेपालले संसदामा गरेको टिप्पणी समेत बिशेष रुपमा छलफल भएको छ बताइएको छ।