-COVID-19:अमेरिकामा संक्रमितबाट मृत्यू हुने ३१७०, स्वास्थ्य लाभ गर्नेहरु दैनिक १००० भन्दा बढी

COVID-19:अमेरिकामा संक्रमितबाट मृत्यू हुने ३१७०, स्वास्थ्य लाभ गर्नेहरु दैनिक १००० भन्दा बढी

Hollywood Khabar March 30,2020 Comments

कृष्ण के सी/अमेरिका/३/३१/२०

मार्च ३१, २०२० बिहान प्यासिफिक समय ६:३४ बजे बिहान सम्म COVID-19 बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ३१७० पुगेको छ। यो संख्या करिब २४ घण्टा अगाडी सम्म २५१३ थियो।

त्यसैगरी संक्रमित हुनेहरु भने सोहि अबधिमा १४३, ०५५ बाट १६४,७१९ जना पुगेका कुरा JHU ले दिएको रिपोटमा उल्लेख छ। उसो त धेरैजना स्वास्थ्य लाभ गर्दै घर फर्केका छन्। सोहि आंकडा अनुसार हाल सम्म स्वास्थ्य लाभ भएका मध्ये गत २४ घण्टामा ४८६५ बाट ५९४५ जना भनिएको छ। यो संख्या यो अबाधिमा एकदम नै बढेको हो।

संक्रमतिको तुलनामा मृत्यू दर कम घट्दै गएको र स्वास्थ्य लाभ पनि उही रुपमा हुँदै। तर केहि राज्यहरुमा नयाँ संक्रमण हुने क्रम भने बढेको छ। हाल सम्म गरिएको स्टे एट होम अर्डर, सोसल डिस्ट्यान्सिङ जस्ता कुराले मद्धत पुगेको कुरा गभर्नर र उच्च स्थरिय टास्कफोर्सले समेत बताएका छन्।