-कोभिड १९ स्टिमुलसको सिंगलको ६०० र कप्पलको १२०० रकम एक हप्ता भित्रमा आउने

कोभिड १९ स्टिमुलस सिंगलको ६०० र कप्पलको १२०० रकम एक हप्ता भित्रमा आउने

Hollywood Khabar December 28,2020 Comments

कृष्ण के सी, अमेरिका/१२२८२०

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले कंग्रेसको स्टिमुलस बिललाइ आफ्नो भिटो पावरले केहि पास गरे त केहि पास गरेनन। स्टिमुलस रकम कंग्रेस $ ६०० एक पटक भनेर सहमति पारित गरेको थियो। राष्ट्रपतिले त्यसलाई सिंगलको $२,००० र कप्पलको $४,००० एक पटक माग गरेका थिए। तर पनि उनले तत्कालको लागि $६०० नै सहि गरे।

हाल राष्ट्रपतिले गरेको नेशनल डिफेन्स अथोराइजेशन भिटोलाइ डिसेम्बर २८, २०२० सोमबार हाउसले ओभरराइड गरेको छ। हाउसले स्टिमुलस राष्ट्रपतिले भनेकै जस्तो सिंगललाइ $२,००० र कप्पललाइ $४,०००, १७ बर्ष या त्यो भन्दा मुनिकालाई $६०० एक पटक दिने भनेको छ। यस बिललाई अब सिनेटले हेर्नेछ। सोहि बिलसंगै ७७० बिलियन डलरको डिफेन्स बिल पनि रहेको छ। यस पहिला सिंगलले $ १२००, कप्पलले $२४०० र माइनरले $५०० प्राप्त गरेका थिए।यो पटक भने ७५ हजार या सो भन्दा कम आम्दानी हुने सिंगलले $ ६००, १५०, ००० भन्दा कम आन्दानी हुने कप्पलले $१२०० र माइनरले $६०० प्राप्त गर्नेछन।

हाल सम्म ७५ हजार या त्यो भन्दा कम आन्दानी भएकालाइ $६०० दिइने कुरा छ। त्यो रकम आइआरएसको रेकर्डमा पहिलाको स्टिमुलस प्राप्त गरेकाहरु, डाइरेक्ट डिपोजिट रेकर्ड भएकाहरुले एक हप्ता जस्तोमा सोझै आफ्नो खातामा प्राप्त छन। तर अरुको लागि भने केहि दिन बढी लाग्ने छ। गत बर्ष ९९ हाजर या त्यो भन्दा माथि आम्दानी गरेकाहरुले भने यो रकम पाउने छैनन। त्यसैगरी बेरोजगारीको लागि पनि हप्ताको $३०० डलर, १० हप्ता सम्मको लागि दिने कुरा रहेको छ।