-कोभिड १९ को संक्रमणले पुरुषमा बाँझोपन ल्याउँन सक्छ भन्ने रिपोर्ट सत्य नहुन सक्छ

कोभिड १९ को संक्रमणले पुरुषमा बाँझोपन ल्याउँन सक्छ भन्ने रिपोर्ट सत्य नहुन सक्छ

Hollywood Khabar January 28,2021 Comments

हलिउडखबर, अमेरिका, जनवरी २९, २०२१

कोरोना भाइरस डिजिज अर्थात कोभिड १९ संबन्धित थुप्रै कुरा आएका छन। कति कुरा अनुसन्धान हुँदैछन र आउन बाँकी नै छन्। संक्रमण र मृत्यूले संसार आक्रान्त पारेको छ। यसिबिच अर्को एउटा सनसनीपूर्ण समाचार बाहिएर आएको छ।

सो समाचारप्रति संबन्धित बिषयका प्राध्यापकहरुले कुनै पनि फ्लुको संक्रमणको बेला यस्तो खालको अवस्था हुनु सामान्य भएको प्रतिक्रिया दिएका छन्। रिपोर्टप्रति थुप्रै बिज्ञहरुको मत फरक छ।

सिएनएनका लागि Sandee LaMotte ले तयार पारेको आज प्रकासित एउटा समाचार अनुसार कोभिड १९ को अत्यन्तै कडा खालको संक्रमणपछि पुरुषहरुमा बाँझोपन बढ्न संक्ने कुराको चेतावनी दिएको छ। कोभिड १९ को कडाखाले संक्रमणमा परेका पुरुषहरुको विर्यको गुणमा असर पर्न सक्ने संभावना उल्लेख गरिएको छ। सिएनएनले journal Reproduction को अध्ययन रिपोर्टलाइ उल्लेख गर्दै सो कुरा संप्रेषण गरेको हो।

कोरोनाका कडाखाले संक्रमणका पिरुष बिरामीहरुको विर्यकोमा प्रभाव पर्दा विर्यको गुणस्तरमा ह्रास आउन सक्ने कुरा रिपोर्टमा उल्लेख गरिएको छ। अध्ययनमा स्वास्थ्य कोभिड १९ नभएका बयस्क पुरुषमा भन्दा कोभिड १९ संक्रमित भएका सोहि उमेर समूहका पुरुषमा विर्यको सेल विकास र विस्तार कम भएको पाइएको बताइएको छ। तर रिपोर्टलाइ छुट्टै अध्ययन गरेर प्रमाणित नभएकाले यसको सत्यता अझै प्रमाणित भएको छैन।त्यसैले रिपोर्टलाई हत्तपत्त सार्वजनिक नगर्न सुझाव दिएको पनि सिएनएनले उल्लेख गरको छ।