-कोभिड १९ को संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले छुट्टीका कर्मचारी तुरुन्त बोलायो

कोभिड १९ को संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले छुट्टीका कर्मचारी तुरुन्त बोलायो

Hollywood Khabar April 26,2021 Comments

परिक्षण गरिएका मध्ये दैनिक ४/५ हजारमा कोभिड १९ पोजिटिभ देखिने र मृत्यू दर पनि बढ्न थालेपछि स्वास्थ्यका कर्मचारीलाइ बिदा नलिन र लिएकालाई तुरुन्त हाजिर हुन निर्देशन गरेको छ।

अप्रिल २७, २०२१ मंगलबार नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई लामो समय सम्म बिदा नदिन र लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त हाजिर हुन निर्देशन दिएको छ। दक्षिण एशियामा भारतबाट बढेको कोरोनाको महामारीको दोश्रो संक्रमण नेपालमा पनि बढेको छ। परिक्षण गरिएका मध्ये दैनिक नै ४/५ हजारमा पोजिटिभ देखिएको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले दिएको छ। परिक्षण नगरिएका र सम्पर्कमा नआएका अनि लक्षण नदेखिएकाहरुको संख्या त अनुमान नै छैन।