Hollywoodkhabar advertisement

कोभिड-१९ रिपोर्ट जनवरी ५: अमेरिकामा ३ लाख ५३ हजार, नेपालमा १८९३ को मृत्यू

-कोभिड-१९ रिपोर्ट जनवरी ५: अमेरिकामा ३ लाख ५३ हजार, नेपालमा १८९३ को मृत्यू
0
shares

हलिउडखबर, अमेरिका/१/५/२१

जनवरी ५, २०२१ PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ३ लाख ५३ हजार ६ सय ४० जना पुगेको छ। त्यसैगरी हालसम्म कोभिड १९ को संक्रमित संख्या २ करोड ८ लाख २५ हजार ४ सय २३ जना पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार ८ सय ९३ नागरिकको कोरोनाको कारण मृत्यू भएको छ भने २ लाख ६२ हजार ७ सय ८४ जना कोरोना संक्रमित भएका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ८ करोड ५८ लाख ३७ हजार १ सय जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १८ लाख ५६ हजार ५ सय २० जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।

हाल अमेरिकी दुइ कम्पनीले बनाएको कोरोना भाइरस बिरुद्दको फाइजर र मोडर्ना भ्याक्शिनको U.S Food & Drug Administration (FDA) ले आकस्मिक रुपमा लगाउन अनुमति दिएको छ। भ्याक्शिन प्राथमिकता अनुसार लगाउन थालिएको छ। भ्याक्शिन आम नागरिकमा पुग्न अझै केहि महिना लाग्ने कुरा बिज्ञ र एजेन्सीहरुको रहेको छ।

बेलायतको अक्सफोर्डले बनाएको एसट्रजेनेका (Astrazeneca Vaccine) बेलायत बाहेक अन्य देशले प्रयोग ल्याएका छैनन्। भारतमा आधारित भएकाले आम नागरिकहरुलाई Astrazeneca Vaccine माथि विश्वास रहेनछ। उनीहरु धेरैले यसको पुन: परिक्षण गर्नुपर्ने कुरा उठाए।