-कोभिड-१९ रिपोर्ट: अमेरिकामा ४ लाख १७ हजार र नेपालमा २००१ को मृत्यू

कोभिड-१९ रिपोर्ट: अमेरिकामा ४ लाख १७ हजार र नेपालमा २००१ को मृत्यू

Hollywood Khabar January 23,2021 Comments

हलिउडखबर, अमेरिका/१/२४/२१

जनवरी २४, २०२१ PST बिहान ७:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ४ लाख १७ हजार ५ सय ३८ जना पुगेको छ। त्यसैगरी हालसम्म कोभिड १९ को संक्रमित संख्या २ करोड ५० लाख ३ हजार ६ सय ९५ जना पुगेका छन्।

नेपालमा हाल सम्म २ हजार १ जना नागरिकको कोरोनाको कारण मृत्यू भएको छ भने २ लाख ६९ हजार ४ सय ५० जना कोरोना संक्रमित भएका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ९ करोड ८८ लाख ६१ हजार २ सय ३५ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट २१ लाख २२ हजार ८ सय ७२ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।