-कोभिड-१९ रिपोर्ट जनवरी ११: अमेरिकामा ३ लाख ७३ हजार, नेपालमा १९२७ को मृत्यू

कोभिड-१९ रिपोर्ट जनवरी ११: अमेरिकामा ३ लाख ७३ हजार, नेपालमा १९२७ को मृत्यू

Hollywood Khabar January 10,2021 Comments

हलिउडखबर, अमेरिका/१/८/२१

जनवरी ११, २०२१ PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ३ लाख ७३ हजार ३ सय ४२ जना पुगेको छ। त्यसैगरी हालसम्म कोभिड १९ को संक्रमित संख्या २ करोड २४ लाख १० हजार २ सय ९४ जना पुगेका छन्।

नेपालमा हाल सम्म १ हजार ९ सय २७ नागरिकको कोरोनाको कारण मृत्यू भएको छ भने २ लाख ६५ हजार २ सय ६८ जना कोरोना संक्रमित भएका छन्।

त्यसैगरी विश्वभरिमा संक्रमित संख्या ९ करोड ३ लाख ७६ हजार ६२ जना पुगेका छन्। कोरोनाका कारण हाल सम्म विश्वबारीबाट १९ लाख ३६ हजार ५ सय ५३ जनाको ज्यान गएको कुरा JHU को रिपोर्टमा उल्लेख छ।

हाल अमेरिकी दुइ कम्पनीले बनाएको कोरोना भाइरस बिरुद्दको फाइजर र मोडर्ना भ्याक्शिनको U.S Food & Drug Administration (FDA) ले आकस्मिक रुपमा लगाउन अनुमति दिएको छ। भ्याक्शिन प्राथमिकता अनुसार लगाउन थालिएको छ। भ्याक्शिन आम नागरिकमा पुग्न अझै केहि महिना लाग्ने कुरा बिज्ञ र एजेन्सीहरुको रहेको छ।