-कोभिड-१९: समयलाइ जित्न घडिलाई बर्षको दुइ पटक बदल्ने अमेरिका कोरोनाको घडि हेर्दै

कोभिड-१९: समयलाइ जित्न घडिलाई बर्षको दुइ पटक बदल्ने अमेरिका कोरोनाको घडि हेर्दै

Hollywood Khabar March 28,2020 Comments

दिक्षा बस्नेत/क्यालिफोर्निया/३/२९/२०

यही मार्चको पहिलो हप्ता मात्र अमेरिकाको समय १ घन्टा छिटो भएको हो। हरेक सालमा २ पटक घडिको सुइ घुमाउनु ५० मध्ये ४९ राज्यका वासिन्दाको बाध्यता होला। तर त्यो कुरा धेरै अध्ययन गरेर समय र इनर्जी दुबैको संदर्ब मिलाएर घडिको सुइ भन्दा अगाडि जान घडिको सहि ब्यबस्थापन भन्दा अनर्थ नलाग्ला।

सुरुका दिनमा पनि Time is money & motion is progress भन्ने मुलुक अमेरिका सधैं हतारमा दौडेझैं लाग्थ्यो। घडिलाई जित्न पाए हुन्थ्यो र सधै बिकाशको गतिमा सधै १ नम्बर हुनपाए हुन्थ्यो झैं लाग्थ्यो। मैले सोचे जस्तै अमेरिका पनि त्यस्तै थियो। तर आज सर्बप्रथम डे लाइट सेभिङबाट नागरिकहरुको लाइफ सेभिङमा स्थानीय देखि राष्ट्रपति सम्म दिनरात लागि परेका छन्।

आधुनिकता र सम्पन्नाताले चिनिएको मात्र होइन विश्वको आधिपत्यता लिएर हाँक्न सक्ने देश हो अमेरिका। यसलाई कतिपयले अमेरिकी हेजिमनी भनेर ब्यङ्ग गरेता पनि त्यो उसको कर्तब्यको एउटा पाटो हो। त्यो बैभव हेर्दा लाग्थ्यो को अमेरिका बस्दा त कालले पनि १/२ दिन ढिला गर्ला। तर अहिले त अमेरिका मात्र होइन दुनियाँमा नै बज्रपात परेको छ। यो स्थिति कहिले सम्म हुने, यो मुलुक स्वच्छ भएर बिउझिने कहिले र फेरी आर्थिक गतिबिधिमा दौडिने कहिले ? अन्योल मै दुनियाँ बिश्राममा छ। २४ घन्टा खुल्ला रहने कम्पनीमा काम गरेको ५ बर्षको लामो अनुभबले अमेरिका त्यसै अमेरिका बनेको रहेनछ जस्तो लाग्थ्यो।

इतिंहास साछी छ, बिकशित देश अमेरिका होस या बिकाशोन्मुख देश नेपाल नै किन नहुन। मानबिय सम्बेदनाहरुलाई फेरी पनि बचाउने र सन्दर्भलाई नयाँ परिभाषा गर्ने मौका दिएको छ कोरोनाको महामारीले। अमेरिकामा सन १९१८ मा ठुलो महामारिको रुपमा फैलिएको फ्लुले करीव ६ लाख मानिसको ज्यान लिएको थियो भन्ने पढ्न पाइन्छ। त्यो इतिहांसलाई अमेरिकाले सजिलै बिर्सनु हुँदैन थियो।

जब चिनले उच्च जोखिमको सामना गरिरहेको थियो त्यसै समयदेखी अमेरिकाले साबधानी अपनाएको भए आज बिश्वको १ नमबरको संक्रमित मुलुक बन्नुपर्ने थिएन होला भन्ने मेरो सोझो बुझाइ हो। बिस्व मानब समुदायलाई नयाँ स्वास्थ्य सेवाको नयाँ युगमा डोर्याइरहेको अमेरिका मात्र होइन विश्वो समुदायलाई नै आंखाले देख्न नसकिने सुक्ष्म भाइरसले आच्छु-आच्छु पारेको अवस्था छ।

तर अहिले सम्मको ट्रयाक हेर्दा भने अमेरिका अन्य मुलुक भन्दा आफ्ना नागरिको ज्यान जोगाउन बढी सफल भएको देखिन्छ। मान्छे मर्नु दुखको कुरा हो तर पनि तुलनात्मक रुपमा अन्य संक्रमित देश भन्दा अमेरिकाको कोरोनाको मृत्यू डर कम देखिन्छ। अहिले यो लेख तयार गरिरंहदा सम्मको अवस्थामा बिस्वको जोखिम र धेरै संक्रमित मुलुकहरुको रेसियोमा अमेरिकाको मृत्यू दर कम छ।

टोटल संक्रमित संख्या ६६२४०२

मृत्यु संख्या ३०८२६

निको हुनेको संख्या १४१४६५

सायद अमेरिका मात्र होइन दुनियाँले सोचेको पनि थिएन होला कि, आपत बिपतको बेलामा बन्दुक र आधुनिक हातीयार होईन मास्क पनि बलियो अस्त्र हुनसक्छ। कोभिड-१९ बाट न्युयोर्क सबैभन्दा प्रभाबित क्षेत्रमा परेको छ जहाँ एक नेपालीलाई समेत गुमायौं। जसको मृत्युको कारण कोभिड्-१९ पुष्टी भैसकेको छ। परिस्थिती यती जटिल बन्यो कि यहाँ मर्नेलाई श्रद्दान्जली र बिरामिलाई प्रत्यक्ष भेटेर स्वास्थ्य लाभको कामना सम्म भन्न र दिन समेत मिल्दैन। सबै आफै कुना पस्नु परेको अवस्था छ।

१ लाख भन्दा बढी कोरोना सन्क्रमित मुलुक अमेरिका लगायत आज बिश्व नै सुतिरहेको अवस्था छ। युद्द, उन्माद् र मिसाईलाका धाक धम्किमै रमाउने शक्तिशाली भनेका राष्ट्रहरु र तीनका प्रशाशनहरुलाई जनाताको स्वास्थ्य र उपचार भन्दा पनि यदाकदा एक अर्कालाई आरोप प्रत्यारोप लगाउदै बितेको छ। आज अमेरिका जस्तो मुलुक कोरोनाबाट बिश्वमै १ नम्बर आक्रन्त बनेको छ। अमेरिक मात्र होईन हुन त बिश्व नै सुतिरहेछ। साना देखी ठुला देश हुन या शहर हालत उस्तै छ। पेरिस होस या रोम्, सोल होस या जेनेभा, टोकियो हो या बर्लिन्, तेहरन होस या लन्डन साराका सारा देश लकडाउनमा पल्टिरहेका छन।

कहिले पशुपतिको कृपा र कहिले दोलखा भिमसेनको पसिनामा बिश्वास गर्ने र ठुला क्षतिहुनबाट बचाउ भन्ने हामी नेपाली स्वतन्त्र भन्दा अनुशासनमा पनि बिश्वास राख्छौं। ठोस आधार नभए पनि हामी नेपाली कर्म र अनुशासनमा बिश्वास गर्छौं। अमेरिकाको यो भयाबह स्थिती हेर्दा नेपाल धेरै पटक ठुला-ठुला मानबिय क्षतिबाट जोगिएको देखिन्छ। आशा गरौं यो बिकराल र भयाबह परीथितिको सामना नेपालले सजिलै गर्नेछ। ठुलो मानबिय क्षति नहोस भन्ने कामनाका साथ यो क्वारेन्टाइन बसेको अवस्थाबाट नै सम्पुर्ण नेपाली र विश्वो समुदायाको स्वास्थ्य लाभको कामना गर्दछु। साथै प्रकृति, इश्वर या अदृश्य शक्ति सबैलाई स्विकार्दै सम्पुर्ण मानब जातिको रक्षाको लागि प्रार्थाना गरी मानव सेवामा लाग्ने प्रेरणा मिलोस्।