-Coronavirus Disease-COVID-19 मार्च ६ को CDC को रिपोर्ट

Coronavirus Disease-COVID-19 मार्च ६ को CDC को रिपोर्ट

Hollywood Khabar March 06,2020 Comments

कृष्ण के सी/अमेरिका/३/७/२०

पहिलो कुरा त अमेरिकामा रहनु भएका नेपालीहरुले कोरोना भाइरस मात्र होइन अरु कुनै पनि रोगबारे जानकारी लिन सिडिसिको रिपोर्ट हेर्ने गर्नुहोला। यस संबन्धि स्थानिय समाचार नै हेर्नुहोला। अन्य देशका नेपालीहरुले त्यो देशको, आफू बसेको शहरको र नेपालका नेपालीहरुले स्वास्थ्य मन्त्रालयको रिपोर्ट हेर्नुहोला।

पछिल्लो केहि दिनमा अमेरिकामा स्टेट र काउण्टी मात्र पनि होइन सिटी अनुसार फरक परिस्थिति छ। हरेक सिटीले गरेको निर्देशन फरक छ। त्यसैले आ-आफ्नो लोकल समाचार र सिटीको निर्देशन अनुसार गर्न अनुरोघ छ।

The Centers for Disease Control and Prevention (CDC) अमेरिकाको जनस्वास्थ्य हेर्ने राष्ट्रिय स्तरको आधिकारिक सँस्था हो। सिडिसिको प्रमुख उद्येश्य भनेको जनस्वास्थ्य र जनतालाई रोगबाट बचाउनु हो। यसका प्रमुख काम भनेको रोग र महामारी फैलाउने रोगहरुको अनुसन्धान, निराकरण, नियन्त्रण, घाइते र रोगका कारण भएका अपाङ्गहरुको लागि काम गर्ने हो। सिडिसीले हरेक सोमबार देखि शुक्रबार सम्म कोरोना र अन्य रोगबारे अपडेट दिने गरेको छ।

तत्काल सिडिसिले नयाँ कोरोना भाइरसबारे बिस्तृत जानकारी दिएको छ। मेन ल्याण्ड चाइनाको वुहानबाट सुरु भएको यो भाइरस विश्व ब्यापी भएको छ। हालसम्म विश्वमा ३४०० जनाको मृत्यू भएको छ भने १०१,४०० जना संक्रमित भएका छन्।

अमेरिकाका १९ राज्यहरुमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार राति सम्म १६४ संक्रमित र ११ को मृत्यू भएको छ। त्यसमध्ये ३६ वटा ट्राभलबाट संक्रमित भएका हुन् भने १८ वटा केश व्यक्तिबाट सरेका। ११० वटा चाहिं परिक्षणबाट भएका हुन्। मार्च ५, २०२० सम्म अमेरिकामा १५८३ जनाको परिक्षण केन्दिय स्तरमा गरिएको छ।