-न्यूयोर्कमा २४ घण्टामा ३ नेपालीको मृत्यू, कारण अझै खुलेको छैन

न्यूयोर्कमा २४ घण्टामा ३ नेपालीको मृत्यू, कारण अझै खुलेको छैन

Hollywood Khabar April 04,2020 Comments

कृष्ण के सी/अमेरिका/४/५/२०

अमेरिकाको न्यूयोर्कमा अप्रिल ४ का दिन चार जना नेपालीहरुको मृत्यू भएको बताइएता पनि ३ जनाको मात्र मृत्यू भएको कुरा आएको छ। तर पनि के कारणले मृत्यू भएको हो त्यो भने खुलेको छैन।

अजय छोचुन (अस्पतालमा) रहेको उनको देहान्त भएको कुरा उनकी श्रीमतीले फेसबुकमा पोष्ट गरेकी छन्।

त्यसैगरी अन्य दुइ जनाको घरमा नै मृत्यू भएको भनिएको छ। तर मृत्यूको कारण भने खुलेको छैन। यस संबन्धि स्थानीय अधिकारीहरुले अनुसन्धान र पुष्टि गर्ने प्रक्रिया गर्दै छन। तीनजना नेपालीहरुको मृत्यू भएको घटनालाइ पुष्टि गर्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली काँग्रेसका आमंन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टले मृत्यूको करण भने थाहा नभएको बताएका छन्।

घटनालाई पुष्टि गर्न केहि संचारकर्मी, अन्य सँस्थाका प्रतिनिधिहरुलाई सोद्धा कतिको फोन उठेन र केहिले आफू घरमा नै बसेकोले मृत्यूको कारण थाहा नभएको बताए। तर पनि उक्त दुखद घटनालाई सामाजिक संजाल भरि समवेदना प्रकट गर्नेहरु भने धेरै छन्।