-COVID-19:तुलनात्मक रुपमा अमेरिकाले मृत्यू दरलाइ कम राख्न सक्यो

COVID-19:तुलनात्मक रुपमा अमेरिकाले मृत्यू दरलाइ कम राख्न सक्यो

Hollywood Khabar March 27,2020 Comments

कृष्ण के सी/अमेरिका/३/२८/२०

आज मार्च २८, २०२० शनिबार बिहान प्यासिफिक समय ६:०० बजे सम्म Coronavirus (COVID-19) बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १७११ पुगेको छ। त्यसैगरी संक्रमित हुनेहरु भने १०४,८३७ जना पुगेका छन्। विश्वमा संक्रमित संख्या यो नै हाल सम्मको सबैभन्दा धेरै हो।

जोन हप्किन्सका अनुसार विश्वमा हालसम्म ६१४,८८४ जना संक्रमित भएका छन् भने २४,६८७ जनाले ज्यान गुमाएका छन्। उसो त १३५,६७१ जनाले स्वास्थ्य लाभ पनि पाएका छन्।

विश्वोका अरु देश मेन ल्याण्ड रहेको चाइना अनि इटली, स्पेन, फ्रान्स जस्ता धेरै संक्रमित देशको तुलनामा अमेरिकाले मृत्यूदरलाइ कममा रोक्न सकेको छ । उस्तो त ८९४ जनाले स्वास्थ्य लाभ पनि गरेको रेकर्ड छ । पछिल्लो समय गरिएको स्टे एट होम अर्डर, सोसल डिस्ट्यान्सिङ जस्ता कुराले यसलाई फैलिनबाट जोगाएको छ। उपचारमा गरिएको पछिल्लो निर्णयले यसलाई थप मद्धत पुग्ने देखिन्छ।