-कोभिड १९ को लागि फाइजरको भ्याक्शिन ९५ प्रतिशत प्रभावकारी

कोभिड १९ को लागि फाइजरको भ्याक्शिन ९५ प्रतिशत प्रभावकारी

Hollywood Khabar November 18,2020 Comments

कृष्ण के सी, अमेरिका, ११/१८/२०

अमेरिकाका थुप्रै कम्पनीहरुले गर्दै गरेको कोभिड १९ को भ्याक्शिन तेश्रो तथा अन्तिम चरणमा पुगेका छन्।

नोवेम्बर १७ मा फाइजर ( Pfizer) कम्पनीले कोरोना भाइरसको भ्याक्शिनको तेश्रो चरणको नतिजा ९५ % प्रभावकारी भएको बताएको छ। तेश्रो चरणको अनुगमनको रिपोर्ट दिने क्रममा Pfizer ले सो जानकारी दिएको हो।

बुधबार दिएको फाइजरको जानकारी अनुसार यो कोरोना भाइरसको भ्याक्शिन बृद्धको लागि पनि सोहि अनुपातमा प्रभावकारी भएको जनाएको छ। यसका कुनै पनि सिरियस साइड इफेक्ट देखिएनन्, रिपोर्टमा उल्लेख छ। कम्पनीका १७० केशमा १६२ जनाले Placebo भ्याक्शिन शट लिएका थिए भने ८ जनाले रियल भ्याक्शिन शट लिएका थिए। यी दुबैको नतिजा ९५% सफल रुपमा प्रभावकारी भएको कुरा जनाइएको छ।

भ्याक्शिन उमेर, जाती, लिङ्ग जस्ता फरक जनसंख्यामा प्रयोग गरिएको र ६५ बर्ष माथीका उमेरका मानिसमा पनि ९४% प्रभावकारी भएको च। BNT162b2 र BNT162b2 प्रयोग गरिएका भ्याक्शिनका नाम हुन्। उपरोक्त कुरा Pfizer र उसको जर्मन साझेदार BioNTech ले संयुक्त रुपमा जारि गरेको प्रेस नोटमा उल्लेख छ। फाइजरका अनुसार अब अमेरिकाको Food and Drug Administration बाट आकस्मिक प्रयोगको लागि अनुमति पनि केहि दिनमा नै प्राप्त हुने समेत जानकरी दिएको छ।

यस अधि नोवेम्बर १६ मा अर्को कम्पनि मोडेर्ना (Moderna) ले पनि आफ्नो भ्याक्शिनको तेश्रो चरणको रिपोर्ट दिएको थियो। मोडेर्नाको भ्याक्शिनको प्रभावकारिता ९४.५ % रहेको रिपोर्ट थियो। मोडेर्नाले गरेको ९५ केश अध्ययनमा ९० वटा Placebo शट र ५ वटा रियल (mRNA-1273) भ्याक्शिनको प्रयोग गरिएको बताइएको छ।

मोडेर्नाको पछिल्लो अर्थात तेश्रो चरणको परिक्षण सहभागी ९५ मध्ये १५ जना ६५ बर्ष उमेर भन्दा माथिका, १२ जना हिस्प्यानिक, ४ जना अफ्रिकन अमेरिकन, ३ जना एशियन र १ जना मिश्रित जातका व्यक्तिमा गरिएको जनाइएको छ।