-COVID-19 आउटब्रेक: अमेरिकामा ६०७ को मृत्यू, ५३७४० मा संक्रमण, एक नेपालीको मृत्यू

COVID-19 आउटब्रेक: अमेरिकामा ६०७ को मृत्यू, ५३७४० मा संक्रमण, एक नेपालीको मृत्यू

Hollywood Khabar March 23,2020 Comments

कृष्ण के सी/अमेरिका/३/२४/२०

आज मार्च २४, २०२० मंगलबार साँझ प्यासिफिक समय ६:२७ बजे सम्म Coronavirus (COVID-19) बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या ६०७ पुगेको छ। त्यसैगरी संक्रमित हुनेहरु ५३७४० जना पुगेका छन्।

फेसबुकको श्रोत केन्द्र अनुसार विश्वब्यापी रुपमा फैलिएको यो महामारीबाट यो समय सम्म ४१७९६६ जना संक्रमित भएका छन्। त्यसैगरी १८६१५ जनाले ज्यान गुमाएका छन्।

अमेरिकामा एक जना नेपालीको पनि कोरोनाकै कारण मृत्यू भएको छ। लामो समय देखि न्यूयोर्क बस्दै आएका अनिल सुब्बा लिम्बू जसलाई रमेश सम्वाहाङफे पनि भनिन्थ्योको मार्च २४ बिहान १२ बजे मृत्यू भएको हो। न्यूयोर्कको Elmhurst मा उपचारको क्रममा उनको मृत्यू भएको थियो। उनि नेपालको पांचथर जिल्लाको कुम्मायक रानीगाउँका थिए। सो कुराको पुष्टि नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्गले गरेका छन्।

राष्ट्रपति डनल्ड ट्रम्पले आगामी इष्टर सम्म अमेरिका ब्यबसायमा फर्कने लक्ष राखेको बताएका छन्। आज व्हाइट हाउसमा कोरोना भाइरसको ब्रिफिङ गर्ने क्रममा इनले सो कुइरा बताएका हुन्। हाल अमेरिकाको ४०% जनसंख्या घरमा बसेका छन्।